गोकर्ण अधिकारी, टोकियो ।
दक्षिण कोरियापछि अर्को विकसित देश जापानले नेपाल कामदार ल्याउने भएको छ ।

जापानले दक्षिण कोरियाजस्तै नेपाल सरकार मार्फत कामदार लैजान नेपाललार्इ औपचारिक प्रस्ताव गरेको हो। विभिन्न क्षेत्रमा कामदार अभाव चर्कदै गएपछि नेपालबाट कामदार लैजाने प्रकृया अघि बढाइएको छ ।

जापान नेपालीका लागि आकर्षक रोजगार गन्तब्य बन्दै आएको छ । अहिले जापान जान शैक्षिक भिषा र कार्य भिषा मार्फत एक नेपाली दश लाख भन्दा माथी खर्च गर्दै आएकोमा यो प्रक्रियाले अब शुल्क निकै कम र धेरै युवा रोजागारको लागी जापान जान सक्ने विश्वास लिइएको छ ।

अहिले जापानमा रहेका नेपालीले मासिक तीन लाख रुपैयाँसम्म कमाउदै आएका छन ।

अहिले जापानमा अध्ययनका लागि युवायुवती गइरहेका छन्। जापानले सात वर्षअघि प्रशिक्षार्थी कामदार लैजाने घोषणा गरेपनि नेपाली म्यानपावर कम्पनीले ८ लाख रुपैयाँसम्म लिएपछि प्रभावकारी बन्न सकेको थिएन।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार जापान सरकार र नेपाल सरकारबीच सम्झौंता गरेर सरकारी संयन्त्रबाट कामदार लैजान प्रस्ताव लगभव निश्चित भएको छ । यो नेपाली युवाहरुको लागी निकै खुसीको खबर हो ।

सरकारी संयन्त्र अनुसार कामदार गएमा न्यूनतम शुल्क तिरे पुग्छ । विगतमा पनि म्यानपावरमार्फत दक्षिण कोरिया कामदार जाँदा ८ लाख रुपैयाँसम्म तिर्नुपरेको थियो।तर अहिले रोजगार अनुमति प्रणाली अनुसार कामदार पठाउँदा ६५ हजार रुपैयाँमै नेपाली दक्षिण कोरिया गइरहेका छन्।

जापान सरकार तथा विभिन्न निजी क्षेत्रका कम्पनीले नेपालबाट कृषि, निर्माण तथा घरायसी कामदार (केयर गिभर) नेपालबाट लैजाने प्रस्ताव गरेको श्रम मन्त्रालयसम्बद्ध उच्च स्रोतले जानकारी दिएको छ।

‘जापानको निजी क्षेत्र तथा सरकारलाई नै कर्मचारी आवश्यक भएकाले नेपालबाट जि टु जी मोडलमा कामदार लैजाने प्रस्ताव उनीहरूले गरेका छन् ।

नेपालस्थित जापानी राजदूतावास तथा जापानी सरकारी र निजी क्षेत्रका प्रतिनिधिले श्रममन्त्री गोकर्णराज बिष्टसँग यसबारे प्रस्ताव राखिसकेका छन्। जापानमा नेपाली कामदार जि टु जी मोडलमा पठाउन मन्त्री बिष्ट सकारात्मक रहेका छन ।

नेपालले विभिन्न देशमा यही मोडलमा कामदार पठाइरहेको छ ।

जापानमा नेपाली कामदार कति पठाउने, कुन कुन क्षेत्रका लागि पठाउने र नेपाली कामदारको सुरक्षा तथा पारिश्रमिकबारे विस्तृत प्रस्ताव माग गर्ने तयारी मन्त्रालयको छ। दुई पक्षीय छलफलपछि नेपालबाट जापानी कामदार पठाउने विषय अब टुंग्याइने भएको छ ।

विश्वकै तेस्रो ठूलो अर्थतन्त्र जापानले श्वेतपत्रमार्फत केही दिनअघि कामदारको अभाव हुँदै गएको घोषणा गरेको थियो।

जापानको मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी श्वेतपत्रअनुसार कतिपय उद्योगहरूले यातायात सेवा र निर्माण कार्यमा चाहिने कामदारहरूको अभावको समस्या झेलिरहेका छन्।

पछिल्ला केही दशकदेखि जनसंख्या घट्नेक्रम चलिरहेकाले त्यो समस्याबाट जापान प्रभावित भएको छ। गत सन् २०१६ मा हरेक एक हजारमा वार्षिक ७.६ प्रतिशतका दरले जन्मदर घटेको छ। यो दर सन् १८९९ पछिकै सवैभन्दा कम भएको अधिकारीहरूले बताएका छन्। जापानले कमजोर जनसायंखिक बनावट र न्यून श्रमशक्तिको आपूर्तिलाई पूरा गर्न नेपालसँग साझेदारीको प्रस्ताव गरेको हो।

यो पनि पढ्नुहोस् ।

नयाँ भिषा परीक्षाबाट जापान आउनेले सिप परीक्षा दिनुपर्ने, नेपाल अझै अलमलमा ।

16.73¡ÆC