त्रिशूली । तारुका बहुमुखी क्याम्पसको पहिलो क्याम्पस सभा सम्पन्न भएको छ ।
ताकेश्वर गाँउपालिका वडा नं. २ तारुकामा रहेको तारुका बहुमुखी क्याम्पसको शनिबार सम्पन्न भएको पहिलो सभामा नेकपाका प्रभावशाली नेता एवम् पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले शैक्षिक सस्था र काम्पसको सङ्ख्यामा बृद्धि नभई गुणस्तरीय शिक्षा र नयाँ विषय अध्ययन तर्फ लाग्न आग्रह गर्नुभएको छ ।

त्रिभुवन विश्वविद्यालयका प्रध्यापक समेत रहनुभएका पाण्डेले उच्च शिक्षा अध्ययनको गराउनको लागी अनुमति लिने तर, चलनचल्तीमा रहेका विषयभन्दा फरक विषयलाई समावेश गराउन नसक्दा विद्याथी अभावले क्याम्पस चलाउन गाह्रो पर्ने भएकाले गाँउको लागी सुहाउदो विषयको शिक्षा अध्ययन गराउन आग्रह गर्नुभएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले तार्केश्वर गाँउपालिकाको धरोहरको रुपमा स्थापना भएको क्याम्पसको विकासको लागी मावि सञ्चालनमा रहेका विद्यालयबाट उत्पादन भएका विद्याथीलाई आकर्षण गराउनको लागी पहल गर्न क्याम्पस व्यवस्थापन समितिलाई सुझाब दिनुभएको छ ।

यस्तै, प्रदेससभा सदस्य केशवराज पाण्डेले उपयुक्त शैक्षिक सस्थाको अभावले उच्च शिक्षा अध्ययनमा विद्यार्थीहरु प्रभावित हुने हुदाँ गाँउमा नै स्थापना भएको क्याम्पसमा अध्ययन गरी आफ्नो गाँउको विकासमा लाग्न युवा वर्गलाई आग्रह गर्नुभएको छ ।

उहाँले अधिकांश विद्यार्थीले अध्ययन क्याम्पसतहको बीचमा नै छाड्ने र त्यसको मुख्य कारण खोजेजस्तो र रोजेजस्तो शैक्षिक सँस्था र विषय नपाउने भएकाले गाँउबाट अन्यत्र अध्ययन गर्न जाने विद्यार्थीलाई आफ्नै स्थानमा सञ्चालित शैक्षिक सँस्थामा भर्ना हुन सुझाब दिनुभएको छ । तार्केश्वर गाँउपालिकको उपाध्यक्ष तारादेवी रिमालले गाँउपालिका भित्रको एकमात्र क्याम्पस भएपनि घरबाट अध्ययन गर्न पायक नपर्ने भएकाले आवशीय व्यवस्था मिलाउन सके प्रभावकारी हुने भएकाले त्यसको लागी गाँउपालिकाको तर्फबाट आवश्यक सहयोगको प्रतिबद्धता जनाउनुभएको छ ।

क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष कृष्णमान प्रधानले तार्केश्वर गाँउपालिकाको लागी शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु-याउन स्थापना भएको क्याम्पसको आफ्नै नाममा जग्गा र भोतिक संरचना समेत अझै पु¥याउन नसकेकाले नवगठित सञ्चालन समितिले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । क्याम्पस सभाले वडा नं २ का वडाध्यक्ष सम्मरबहादुर आलेमगरको अध्यक्षतामा १५ सदस्य क्याम्पस सञ्चालन समिति गठन गरेको छ ।

नवगठित सञ्चालन समितिका अध्यक्ष आलेमगरले अहिले शिक्षा संकाय मात्र अध्ययन हुदै आएकोमा आगामी दिनमा व्यवस्थापन र प्राविधिक विषय समेत समावेश गरी अध्यापन गराउनको लागी पहल गर्ने बताउनुभएको छ । २००१ सालदेखि सञ्चालनमा आएको क्याम्पसबाट गाँउमा नै स्नातकसम्मको अध्ययनको लागी विद्यार्थीलाई सहज बनाएको क्याम्पसका निमत्त प्रमुख रामकृष्ण अधिकारीले जानकारी दिनुभएको छ ।

श्रीकृष्ण माविमा तारुका श्रीकृष्ण क्याम्पसको रुपमा सञ्चालनमा आएपछि घर छाडेर बाहिर अध्ययन गर्न जान नपाएका देखि घरमा नै नियमित काम गर्दैैै उच्च शिक्षा अध्ययनको लागी पु¥याएको भूमिका उल्लेखनीय बन्दै आएको क्याम्पसका शिक्षक मञ्जु प्रधानले बताउनुभएको छ ।

16.12¡ÆC