नुवाकोट । नुवाकोटबाट प्रतिनिधित्व गर्नुहुने प्रदेससभा सदस्य बद्री मैनालीले यहाँको पहिरो पीडित दुई परिवारलाई दुई महिनाको तल बापत प्राप्त रु ९० हजार उपलब्ध गराउनुभएको छ ।
पहिरोले घर पुरिदा सबै सम्पत्ति गुमाएका नुवाकोटको सूर्यगढी गाँउपालिका–२ चोकदेका कुमार शाही र नवबहादुर श्रेष्ठको परिवारलाई प्रदेस सांसद् मैनालीले उनीहरु बसोबास गर्दै आएको चोगदे स्थित अस्थायी निवासमा नै पुगेर रकम बापतको चेक प्रदान गर्नुभयो ।

उहाँले दुई महिनाको तलबबाट प्राप्त भएको रु ९० हजार शाही र श्रेष्ठको परिवारलाई जनही रु ४५- ४५ हजार दिनुभएको हो ।
गत साउन साउन ३ गते बिहीबार राती घर माथीबाट आएको पहिरोमा परी उनीहरुको घर पूर्ण क्षति भएको थियो भने घरमा रहेका सबै सामाग्रि पुरिएर नष्ट भएको थियो । पहिरोमा पुरिएर गम्भीर घाइते भएका नवराज श्रेष्ठ उहाँको श्रीमति निरु, छोरी निशा र छोरा विकास गम्भीर घाइते भएर तीन महिनाको अस्पताल बसाई पछि हाल घर फर्किएर आराम गर्दै आएका छन् ।

नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को ‘प्रदेस ख’बाट तत्कालीन नेकपा एमालेको तर्फबाट उम्मेदवार भई बिजयी हुनुभएका मैनालीले चुनावी घोषणासभाको समयमा आफू बिजयी भएमा सांसद् पदबाट प्राप्त हुने सुविधा अन्तरगत त्यो सबै समाजसेवामा खर्चने भनी जनाएको प्रतिबद्धता अनुसार उक्त सहयोग गरेको बताउनुभयो ।  रासस ।

16.12¡ÆC