गायक प्रविनको ‘आज सबै बोल’ सार्वजनिक (भिडियो सहित)

कार्तिक १६, २०७५ मा प्रकाशित | 4725 views

काठमाडौ । गायक प्रविन शाहीले गाउनु भएको आज सवै बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  राजधानीमा आयोजित कार्यक्रमा प्रसिद्ध संगीतकमी देव रानाले उहाँले गाउनु भएको म्यूजिक भिडियो सार्वजनिक गर्नु भएको हो ।
एक दशक पछि सांगतिक फाँटमा पुनरागमन गर्नु भएको गायक प्रविन शाहीले गाउँनु भएको यो गितमा संगीत गौरव शर्माको रहेको छ ।  त्यसैगरी स्र्वगीय बाबु राम रिमाले लेख्नु भएको यो गितमा प्रमोद परियारले एरेन्जरको भुमिका निर्वाह गर्नु भएको छ । यो गितको भिडियो सम्पादनमा टेकेन्द्र शाह , छायांकनमा प्रेम लामा  हुनुहुन्छ । त्यसैगरी यो भिडियोमा मोडल विशाल थापा र मनिसा सापकोटाले अभिनय गर्नु भएको छ भने निर्देशन सुभाष प्रधानको रहेको छ  ।
सार्वजनिक कार्यक्रममा गायक प्रविन शाहीले प्रत्यक्ष रुपमा दर्शक माझ यो गित पनि गाउनु भएको थियो । त्यसैगरी कार्यक्रममा अन्य पुराना कलाकारहरुले आ आफ्नो सांगेतिक प्रस्तुती दिएका थिए ।

कार्यक्रममा गितकार सुभाषचन्द्र ढुंगेल ,रमेश प्रसाद कोईराला, राजेशमान के.सी, कपिल कस्पाल, . त्यसैगरी  पुराना गायक एवंम क्लासीक एफ.एम.का संस्थापक प्रस्तोता मुकुन्द खड्का माईक , गायक एवंम गितारिष्ट ज्योति घिमिरे , गायक एवंम गितारिष्ट पेम्बा लेप्चाको उपस्थीती रहेको थियो । उहाहरुले गायक प्रविन शाहीलाई पुन गायन क्षेत्रमा सक्रिय हुन लागेकोमा बधाई दिनु भएको थियो ।

गायक प्रविन शाहीले  २०५१ सालमा सहिदको सपना बोलको पहिलो गित रेर्कड गराउनु भएको  हो । समाज शास्त्रमा स्नातकोतर सम्म अध्ययन गर्नु भएका गायक प्रविनले कलानिधि संगीत महाविद्यालय पटनाबाट ४ वर्ष शास्त्रिय संगीत गायनमा अध्ययन गर्नु भएको छ । भक्तपुरका प्रविन भक्तुर सांगीतिक समाजको संस्थापक अध्यक्ष समेत हुनु हुन्छ ।
सार्वजनिक कार्यक्रमा बोल्दै अव निरन्तर संगीतमा लागेर आफ्नो सांगेतिक जिवनलाई अगाडि बढाउने गायक प्रविन शाहीले जानकारी भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web