दशैको समयमा नुवाकोटमा १८३३ गाडी कारबाहीमा, १४ लाख राजश्व संकलन

कार्तिक ८, २०७५ मा प्रकाशित | 4348 views

८ असोज, नुवाकोट । दशै पर्वको समयमा नुवाकोटमा ट्राफिक नियम उल्लंघन गरी सञ्चालन भएका एक हजार ८०० भन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन् । कारबाहीमा परेका ती सवारीका चालकबाट करीब रु १४ लाख जरिवाना (राजश्व) संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

दशै पर्व सुरु भएको घटस्थापना (असोज २४ गते) देखि कोजाग्रत पूर्णिमा (कार्तिक ७ गते)सम्मको अवधिमा नुवाकोटको विभिन्न स्थानमा गरिएको चेकजाँच तथा निरीक्षणमा एक हजार ८३३ वटा सवारी र त्यसको चालक कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक शम्भुबहादुर अधिकारीले जानकारी दिनुभयो ।

उहाँको अनुसार ती सवारी साधनका चालकलाई रु ५०० देखि रु एक हजार ५०० सम्म गरिएको जरिवानाबाट रु १३ लाख ९५ हजार राजश्व संकलन भएको छ । कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल रहेका छन भने त्यसपछि बस रहेका छन् ।

जिल्लाको विभिन्न स्थानमा दशै पर्वको समयमा गरिएको चेकजाँचको क्रममा ट्राफिक नियम उल्लंघन गर्ने, सवारी चालक अनुमतिपत्र र बिलबुक नभएको, क्षमताभन्दा बढी यात्रु राखेर ओहोरदोहोर गर्ने, मादक पदार्थ सेवन गर्ने, तोकिएको भन्दाबढी भाडा असुल गर्ने, तिव्र गतिमा सवारी चलाउने लगायतको ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीको अनुसार चाडपर्वको समयमा विभिन्न स्थानमा बसेर सवारी सञ्चालन सम्बन्धि नियम तथा जनचेतना मूलक कार्यक्रम मार्फत चालक, सहचालक र यात्रुहरुलाई सजग समेत गराइएको छ ।

दशै पर्वमा जिल्लामा सवारी दुर्घटना लिखु–३ सूर्यमतीमा माइक्रो दुर्घटना हुदाँ पाँचजना सामान्य घाइते भएपनि अन्य अप्रिय घटना केही नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web