काँग्रेसमा चेत खुल्यो, शीर्ष नेताले भने : गुटबन्दी हटाएर अघि बढौ

अशोज २६, २०७५ मा प्रकाशित | 524 views

नुवाकोट । नेपाली काँग्रेसका शीर्ष नेताहरुले पार्टीभित्रको गुटबन्दीले कमजोर भएको भन्दै पार्टी एक ढिक्का भएर अघिबढ्नुपर्ने समय आएको बताउनुभएको छ ।

नेपाली काँग्रेस नुवाकोटले यही कार्तिक २५ गते बिहीबार विदुरमा आयोजना गरेको दशै, तिहार र छठ पर्वको अवशरमा शुभकामना आदान प्रदानको लागी आयोजना गरेको कार्यक्रममा पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहले काँग्रेसको आन्तरिक गुटको कारण कमजोर हुदाँ त्यसको फाइदा कम्युनिष्टको नाममा खोल ओढेका नेपाल कम्यनिष्ट पार्टीले उठाएको बताउनुभएको छ ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका सिंहले पछिल्लो निर्वाचनको परिणामबाट काग्रेसलाई केही कामजोर देखाएर ठूलो मतको साथ नेकपा सरकारको नेतृत्वमा पुगेपनि जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आफ्नो पार्टीमा एकताको आवश्यकता र नेकपाको सरकार निकम्बा अबस्थमा पुगेको टिप्पणी गर्नुभएको छ ।
यस्तै, कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य डाक्टर रामशरण महतले गएको निर्वाचनबाट काँग्रेसले सिक्नपर्ने पाठको रुपमा आन्तरिक गुटको अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

पूर्वअर्थमन्त्री समेत रहनुभएका महतले पाटीको कार्यकर्तामा विश्वासको वातावरण बनाएर पार्टीको संगठन मजबुद बनाउन सके ठूलो पार्टी हुने अवशर नेकपाको अहिलेको चित्तबुझ्दो गतिविधि नहुदाँ अझै कायम रहेको बताउनुभएको छ ।

यस्तै, काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले दशै पर्वको शुभकामना बाढ्ने समयमा पार्टी भित्रको कमजोरी बाहिर ल्याएर टिकाटिप्पणी गर्नुभन्दा पनि वर्तमानको समयमा देखिएको चुनौती अन्त्य गर्न पाटी एकता मुख्य आवश्यकता रहेको बताउनुभएको छ । पूर्वमन्त्री एवम् पार्टीका प्रभावशाली नेता केसीले काँग्रेसको इतिहास लामो समयदेखि र विभिन्न राजनीतिक सक्रमणकाल पूरा गरेकाले पछिल्लो निर्वाचनको परिणामबाट कमजोर भएपनि पाटी एक भएमा कुनै अर्को शक्तिले पछि पार्न नसक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा काँग्र्रेस जिल्ला सभापति जगदिश्वरनरसिंह केसी, युवा नेता रमेशकुमार  महत, सचिवद्धय सुरेन्द्रराज अधिकारी र शिव दाहाल, कोषाध्यक्ष महेन्द्र थिङ्ग, पार्टी निर्वर्तमान सभापति धुव्र अधिकारी, क्षेत्रीय सभापति जगत तामाङ, जिसस नुवाकोट प्रमुख सन्तमान तामाङ, महासमिति सदस्य हरिकृष्ण श्रेष्ठ लगायतले नुवाकोटमा काँग्रेसको संगठन बजबुद भएपनि शीर्ष नेतामा रहेको गुटबन्दीको कारण पछिल्लो चुनावमा कमजोर बन्न पुगेको बताएका छन् ।

उनीहरुले  काँग्रेस कमजोर हुदाँको फाइदामा नेकपाको नेताहरुले जनप्रतिनिधिको भूमिका प्रभावकारी रुपमा चलाउन नसकेको भन्दै काँग्रेस सच्चिएर अघि बढेमा पुनः ठूलो पार्टीको रुपमा हैसियत राख्न सक्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web