१४ असोज, नुवाकोट ।
दुप्चेश्वर गाँउपालिका–६ अम्बोटेका गणेशबहादुर पण्डितको हत्यामा संलग्न अभियोगमा नुवाकोट प्रहरीले असोज १४ गते चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
गत शुक्रबार घर नजिकको जंगल स्थित भीरबाट लडेर मृत्यु भएको अबस्थामा भेट्टिएका ४६ वर्षका पण्डितको हत्यामा संलग्न रहेको आशंकामा स्थानीय चार जनालाई पक्राउ गरी कर्तब्य ज्यान मुद्धामा कारबाही अघि बढाइएको जिल्ला प्रहरी प्रमुख बसन्त कुंवरले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा दुप्चेश्वर गाउपालिका–६ रामतीका ३१ वर्षका राजकुमार तामाङ, १९ वर्षका महेन्द्र तामाङ, ३६ वर्षका दिपबहादुर तामाङ र २४ वर्षका सुरेन्द्र तामाङ छन् । उनीहरुलाई नुवाकोट जिल्ला अदालतबाट चार दिनको म्याद लिएर कर्तव्य ज्यान मुद्धाको अभियोगमा कारबाहीको लागी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट तालीमप्राप्त कुकुरको सहयोगमा अन्य थप तथ्य समेत संकलन गरेकाले अपराधीलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ ।
दुप्चेश्वर गाँउपालिका–३ स्थित नवज्योती प्रथामिक विद्यालयका प्रधानध्यापक पण्डित गत बिहीबार पढाएर फर्कने क्रममा हराएकोमा शुक्रबार शव भेट्टिएको थियो ।
शवको आइतबार काठमाडौ स्थित त्रिवि शिक्षण अस्पतालमा परीक्षण गरिएको भएपनि मृत्युको कारणको चिकित्सक प्रतिवेदन आउन बाँकी छ ।

23.12¡ÆC