साफ च्याम्पियनसिप:अन्तिम मिनेटमा सम्हालिन नसक्दा नेपाललाई पहिलो गासमै ढुंगा

भदौ १९, २०७५ मा प्रकाशित | 8859 views

काठमाडौं । साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।  बंगलादेशको ढाकामा आजदेखि शुरू च्याम्पीयनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको हो । बंगलादेशको बंगबन्धु स्टेडियममा पाकिस्तानविरुद्ध नेपालले १–० ले पछि परेको नतिजालाई उल्ट्याएको थियो ।

३५ औं मिनेटमा नेपालका विराज मजर्हनले डी बक्स भित्र फल गरे पछि पाकिस्तानले पाएको पेनाल्टी गोलमा परिणत गरेको हो । पाकिस्तानका मोहम्द रियाजले पेनाल्टी मार्फत गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको ३६ मिनेटमा १–० को गोलले परेको नेपालले ८२ औ मिनेटमा बराबरी गोल फर्काएको थियो । ३ वर्षपछि टोलीमा पुनरागमन गरेका निराजन खड्काको पासमा विमल घर्तिमगरले उत्कृष्ट गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए ।

बराबरीपछि दुवै टोली आक्रमक बने इन्जुरी समयको अन्तिम मिनेटमा पाकिस्तान बाजी मार्न सफल भयो । खेल सकिन एक मिनेटमात्र बाँकी रहँदा पाकिस्तानका मोहमद अलीले उत्कृष्ट गोल गरे । ८२ औं मिनेटमा निराजन खड्काको पासमा विमल घर्तीमगरले नेपालका लागि बराबरी गोल गरेका थिए । निराजन नवयुग श्रेष्ठलाई रिप्लेस गर्दै मैदान आएका हुन् ।

तर अन्तिम समयमा नेपालले आफूलाई सम्हाल्न नसक्दा पराजित हुन पुग्यो । पाकिस्तानका लागि मोहम्मद अलीले खेल सकिन केही सेकेण्डमात्र बाँकी रहेका बेला निर्णायक गोल गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web