‘फिकुरी क्याम्पसमा अनियमितता भएको छैन’ (विज्ञप्ती सहित)

भदौ ९, २०७५ मा प्रकाशित | 1351 views

९ भदौ, नुवाकोट । यहाँको किस्पाङ गाउँपालिका वडा नं. २ सातदोबाटो स्थित फिकुरी बहुमुखी क्याम्पसको सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद भट्ट सहित क्याम्पस प्रशासनबाट क्याम्पसको भौतिक पूर्वाधार निर्माण लगायतमा ‘आर्थिक अनियमितता नभएको’ स्पष्ट पारेका छन् ।

क्याम्पसको भौतिक पूर्वाधार निर्माण निर्माणको क्रममा ४० लाख रुपयाँ बजेट बिनियोजित भएकोमा त्यो रकम दुरुपयोग भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र त्यसमा भ्रष्टाचार भएको हवाला दिदै केही अनलाइनमा प्रकाशन भएका खबरलाई राजनीतिक प्रतिशोध साध्ने नियतले केहि व्यक्तिले गरेको झूठो प्रचार भएको विज्ञप्ती मार्फत क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद भट्टले बताउनुभयो ।

क्याम्पस अध्यक्ष भट्टले जारी गरेको विज्ञप्तीमा आफूले क्याम्पसको नेतृत्व पाएपछि सामुदायिक क्याम्पसको रुपमा शैक्षिक अबस्थामा सुधार एवम् भौतिक पूर्वाधार निर्माण गरी जिल्लाकै अग्रणी शैक्षिक सस्थाको रुपमा स्थापित गराउन भइरहेको प्रयासलाई असफल बनाउन अख्तियारमा उजुरी दिएको भन्दै क्याम्पस परिवार विरुद्ध गलत प्रचार गरेकाले भ्रमको पछि नलाग्न आग्रह गरेका छन् ।

विज्ञप्तीमा उहाँले आफू नियमबद्ध रुपमा त्रिविको नियम अनुसार क्याम्पस अध्यक्ष भएको र क्याम्पस प्रमुख सुरेन्द्रराज भट्टले पनि तोकिएको मापदण्ड अनुसार क्याम्पस सञ्चालन गर्दै आएकाले पत्रकारिताको नाममा भएको गलत प्रवित्ति र कैफियत भएको प्रयाप्त आधार नभई अख्तियारमा उजुरी दिदैमा भ्रष्टाचार भएको भन्दै पत्रकार आचार संहिताको उल्लघंन गर्दैै केही पत्रकारले गरेको प्रचारले व्यक्तिगत तथा क्याम्पसको बदनाम भएको उल्लेख गरिएको छ ।

क्याम्पसमा अनियमितता भएको भनी उजुरी दिएको जानकारी आफूहरुले सञ्चार माध्यमबाट मात्रै थाहा भएको र अहिलेसम्म क्याम्पसमा जानकारीमा नआएको उहाँले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तै, क्याम्पसको भौतिक पूर्वाधार निर्माणको लागी प्राप्त भएको ४० लाख रुपैयाँ अपुग भएकाले थप दश लाख रुपैया बढी बजेटको नमूनायोग्य काम गर्दा अनियमितता भएको भन्दै कपोलकल्पित खबर बाहिर ल्याएको भन्दै भ्रमको पछि नलाग्न विज्ञप्तीमा आग्रह गरिएको छ ।

क्याम्पसका अध्यक्ष भट्टले आफूहरु विरुद्ध बाहिर आएको समाचारको खण्डन छाप्न सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गरेपनि केहीले त्यसको बेवास्था गरेको र केहीले चित्तबुझ्दो रुपमा नछापेकाले ती विद्धरु कारबाहीको माग गर्दै हिजो प्रेस काउन्सिल नेपालमा न्यायको लागी उजुरी दिएको बताउनुभएको छ ।

सञ्चारमाध्यमबाट आएका सामाग्रि चित्त नबुझेमा काउन्सिल र अदालत दुवै निकाय मार्फत न्यायको अपिल गर्न सक्ने कानूनी प्राबधान भएकाले पहिलो पटक काउन्सिलमा गएको र आवश्यक परे आफूहरु अदालतमा समेत जान बाध्यहुने क्याम्पसका अध्यक्ष भट्टले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web