अबरुद्ध त्रिशूली वेत्रावती सडक सञ्चालनमा आयो

भदौ ६, २०७५ मा प्रकाशित | 7141 views

६ भदौ, नुवाकोट । विदुर नगरपालिका स्थित गेर्खुखोलाको पुल बाढीले भत्काएपछि अवरुद्ध बनेको पासाङल्हामु राजमार्गको ढुङ्गे–वेत्रावती सडक सञ्चालनमा आएको छ ।
अस्थायी डाइभर्सन बनाएर मंगलबार अपरान्हदेखि सबै प्रकारका गाडी सुचारु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । अस्थायी सडक निर्माणको काम आइतबार साँझदेखि सुरु गरेर दिनरात लगाएर सानाठूला सबै गाडी सञ्चालन गर्न सकिने गरी पक्कि पुल बगाएको भन्दा केही माथीबाट सञ्चालनमा ल्याइएको हो ।
नुवाकोटबाट रसुवा जाने सडक खण्ड अन्तरगत विदुर नगरपालिकाको वडा नं. १ र वडा नं.१० जोड्ने गेर्खुखोलाको पुल बगाएपछि अबरुद्ध सडक सञ्चालनमा आएसगै आइतबारदेखि रोकिएका गाडीहरु हिजोेसाँझसम्ममा नै गन्तव्य तर्फ लागेका छन् ।
अहिले निर्माण गरेको अस्थायी कल्भर्टले साना गाडी सञ्चालनमा सहज भएपनि ठूला एवम् भारवहन गाडीको लागी भने केही असहज भएकाले पूर्ण रुपमा सहज हुनेगरी सञ्चालन गर्न केही दिन लाग्ने डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ । अस्थायी कल्भर्ट बनाएर गाडी सञ्चालनमा गेर्खुकै तिरतिरे भीरमा पहिरो बगिरेकाले त्याहाबाट गाडी सञ्चालन सहज बनाउन भने कठिनाई देखिएको नुवाकोट प्रहरी प्रमुख बसन्तबहादुर कुंवरले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web