काठमाडौं । नेपालले नेदरल्यान्ड्ससँग आज ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ । २ खेलको एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेल आज नेपालले खेल्न लागेको हो । एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपालले घरेलु टिम नेदरल्यान्ड्ससँग दिउँसो २ बजेर ४५ मिनेटमा प्रतिस्पर्धा गर्दैछ ।

ऐतिहासिक खेलमा नेपाल जितको खोजिमा हुनेछ । नेपालले पहिलो खेलमा नै नेदरल्यान्ड्समाथि उसैको भूमिमा जित हात पार्दै सुखद सुरुवात गर्ने दाउमा छ । नेपाली क्रिकेट टिम यतिबेला निकै लयमा रहेको छ । नेपालका कुनै पनि खेलाडीले खेल आफ्नो पक्षमा पार्न सक्ने साहस राखेका छन् ।
काठमाडौं ।

नेपाली क्रिकेट टिम

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, शरद भेषवाकर, बसन्त रेग्मी, शक्ति गौचन, दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, करण केसी र ललित भण्डारी रहेका छन् । त्यस्तै, ललितनारायण राजवंशी, आरिफ शेख रोहित कुमार पौडेल, सन्दीप लामिछाने र सोमपाल कामी रहेका छन् ।

त्यस्तै, बैकल्पिक खेलाडीमा विनोद भण्डारी, सुनिल धमला, प्रदीप ऐरी र सुशान भारी रहेका छन् ।

नेदरल्यान्ड्स क्रिकेट टिम

पिटर सिलर (कप्तान), वेश्लेय बर्नेसी, डेन टेर ब्राक, बेन कोपर, स्कोट इडवार्ड्स, फ्रेडेरिक क्लासेन, बास डे लिड, पाउल भान मिकेरेन रहेका छन् । त्यस्तै, स्टेफन मिबुर्घ, म्याक्स ओडोव्ड, हिडे ओभरडिज्क, शेन स्नाटर र मिचेल रिपोन रहेका छन् ।

अन्तर्राष्ट्रिय एकदिवसिय मान्यता प्राप्त खेलको ‘डेब्यु’ भएपनि नेपाल ५० ओभरको खेलमा अभ्यस्त भएकोले नेपालको लागि यो खेल कठिन होइन। तैपनि बलियो नेदरल्याण्ड्ससँग उसकै घरेलु मैदानमा भिड्नु परेकोले यो खेलमा प्रशस्त चुनौती छ।

पारस खड्काको अनवरत कप्तानीको निरन्तरताको फलस्वरुप नेपाल बलियो क्रिकेट राष्ट्र बनिसकेको पछिल्लो प्रतियोगिताहरुले पुष्टी गरिसकेको छ। यस्तोमा अनुभवी क्रिकेटहरु सम्मिलित यस ‘गोल्डेन जेनेरेसन’ ले नेपाली क्रिकेटलाई थप उचाइमा पु¥याउने विश्वास गर्नु अन्यथा हुँदैन।

तैपनि क्रिकेटको अभाव, क्रिकेटको आधिकारिक निकायमा रहेको अनावश्यक विवादले नेपाली क्रिकेटको सफलतामा खुट्टा तान्ने गरिरहेको छ। यस्तो अवस्थाबाट गुज्रनु परेपनि नेपाली क्रिकेटरहरुको मेहनत र लगनशिलताले नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय एकदिवसिय क्रिकेटमा पाइला हाल्ने अवस्थामा आइसकेको छ।

कप्तान पारसले यो क्षणलाई महत्वपूर्ण भनेका छन्। पारस भन्छन्, ‘यस वर्ष जिम्बावेमा विश्वकपको क्वालिफायरमा स्थान बनाउनु हाम्रा लागि विशेष उपलब्धी होे। उक्त प्रतियोगिताबाट अन्तर्राष्ट्रिय एकदिवसिय मान्यता पाउनु नेपाली क्रिकेटको लागि उच्च बिन्दु होे। यो वर्ष मेरा पुस्ताका खेलाडिहरुको लागि महत्वपूर्ण रह्यो किनकि हामी यो बिन्दुमा आउनका लागि धेरै मेहनत गरेका थियौं।’

पारसका अनुसार अन्तर्राष्ट्रिय एकदिवसिय मान्यता पाउनु आईसीसी विश्व टि–२० २०१४ पछिकै सबैभन्दा खुशीको क्षण पनि हो।
सन् २०१९ को विश्वकपमा स्थान बनाउन चुकेपनि एकदिवसिय मान्यताले नेपाललाई थप खेलहरु तथा प्रतियोगिताहरु खेल्ने अवसर तथा आईसीसीको सहायता रकम पनि बढि आउने हुनाले नेपाली क्रिकेटलाई ठूलो राहत मिलेको छ।

यस महत्वपूर्ण उपलब्धिले हौसिएकाले पनि नेपालले आफ्नो स्तर बढाएर प्रदर्शन गर्नुपर्ने देखिएको छ। सोही अनुरुप नेदरल्याण्ड्स विरुद्धको यस प्रतियोगिता लक्षित गरेर तयारी गरेको नेपालले हालसम्म राम्रो नतिजा ल्याएको छ। यस्तोमा नेपाली टोलीले खेलाडिको क्षमता अनुसारको ब्याटिङ क्रम बनाउने तथा बलिङमा खेलाडिको क्षमताको उपयोग गर्न सकेमा सफलता हात पार्ने कुरामा दुईमत छैन।

कप्तान पारसको सदाबहार फर्मको कारण पनि नेपाली टोली बलियो देखिएको छ। त्यस्तैगरी तल्लो क्रममा रोहित पौडेल र आरिफ शेखको उदयसँगै नेपालको ब्याटिङको समस्या एक हदसम्म सम्बोधन भएको छ। ओपनिङमा समस्या रहेपनि सुवास खकुरेलको आगमनले यसमा पनि स्थायित्व आउने विश्वास गर्न सकिन्छ। तैपनि हालसम्म सुवासले अपेक्षा अनुरुप प्रदर्शन गर्न सकिरहेका छैनन्। मध्य क्रममा शरद भेषवाकर र दिपेन्द्र सिंह ऐरीको जुझारु खेल पनि नेपालको बलियो पक्ष हो।

बलिङमा सोमपालसँगै ओपनिङ गर्ने कार्यमा ललित भण्डारी र करन केसी फितलो देखिएका छन्। त्यसमाथि सोमपालको बलिङमा केहि विकेट आएपनि धेरै रन खर्चिनाले नेपाललाई केहि समस्या परिराखेको छ। यसको विपरित स्पीन बलिङमा असीमित श्रोत भएकोले नेपाल ढुक्क छ। सन्दीप लामिछाने, बसन्त रेग्मी, ललित राजवंशी र शक्ति गौचनको साथमा पार्ट टाइमर शरद भएकाले स्पीन बलिङ यस प्रतियोगितामा पनि नेपालको मुख्य हतियार नै हुनेछ।

यही कारण पनि नेपालले यस खेलको लागि ३ स्पीनर खेलाउँदै एकमात्र पेसरको रुपमा सोमपाललाई मैदानमा उतार्ने प्रवल सम्भावना छ। नयाँ बल लिएर सोमपालको साथमा पारस आइ बलिङ गर्दे शरद र दिपेन्द्रको पार्ट टाइम बलिङको पनि उपयोग सम्भावना रहेको छ। त्यस्तै यस ऐतिहासिक प्रतियोगितामा खेल्दै सन्यास गर्ने घोषणा गरेका शक्तिले पहिलो खेल खेल्ने लगभग पक्का छ।

नेदरल्याण्ड्सले पनि नेपालसँगको प्रतियोगितालाई उच्च महत्व दिंदै बलियो टोली घोषणा गरेको छ।

यो खेल एउटा ट्रफीको लागि मात्र नभएर यसमा हुने हार र जितले आईसीसीको वरियतामा फरक पार्ने भएकोले नेपाल र नेदरल्याण्ड्स दुबैको लागि यो प्रतियोगिताको ठूलो महत्व छ। यस्तोमा नेपालले बलियो नेदरल्याण्ड्सलाई हराउँदै ‘डेब्यु’ खेल जित्दै विश्व क्रिकेटमा बलियो छाप छोड्न चाहन्छ।

21.12¡ÆC