रालुका माविमा करिब चार करोड लगानीमा सुविधा सम्पन्न नयाँ भवन निर्माण

असार ३१, २०७५ मा प्रकाशित | 3135 views

मैदान, नुवाकोट । जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा  जापानी सहयोग नियोग (जाइका)मार्फत  निर्माण गरिएको तादी गाँउपालिका वडा नं. २ मैदान स्थित रालुका माध्यामिक विद्यालयको १६ कोठे भवन शनिबार समुदायलाई हस्तान्तरण गरिएको छ ।
तीन करोड ८९ लाख १७ हजार रुपैयाँ लगानीमा निर्माण गरिएको भूकम्प प्रतिरोधी पक्कि भवन र विद्यालयको लागी आवश्यक पर्ने  फर्निचर लगायतका अन्य सामाग्रिहरु गाँउपालिकको उपाध्यक्ष इश्वरी उप्रतीले विद्यालय व्यवस्थापन समितिका सदस्य डोलकुमारी थापा ‘जानुका’लाई हस्तान्तरण गर्नुभयो ।
भवन हस्तारन्तरण गर्दै उपाध्यक्ष उप्रेतीले भूकम्पले क्षति पुगेको विद्यायलको लागी चाहिने सबै बन्दोबस्ती सहितको संरचनाको निर्माण पूरा भएकाले अब विद्यालय प्रशासन, अभिभावक र विद्यार्थीबीच समन्वयन गरेर गुणस्तरीय शिक्षा प्रवाहमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
उहाँले विद्यालयको लागी आवश्यक देखिएको खेल मैदान, विद्यालय आसपासमा समस्या देखिएको सडकलाई व्यवस्थित बनाउन आगामी दिनमा गाँउपालिकाको तर्फबाट सहयोगको प्रतिबद्धता जनाउनुभयो ।

यस्तै, जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा तर्फको जिल्ला प्रमुख बैकुण्ठ सुवेदीले भूकम्पले क्षति पुगेका विद्यालय निर्माणको कामलाई तिव्र गतिमा आघि बढाइएको जानकारी दिनुभयो । जापान सरकारको ऋण सहयोगमा ‘आपतकालीन विद्यालय पुर्ननिर्माण’ कार्यक्रमा मार्फत केन्द्रीय ठेक्का प्रणालीबाट सम्झौता भएको रालुका मावि सहित ५७ वटा विद्यालयहरु विभिन्न कठिनाईको बाबजुत केही विद्यालयको भवन निर्माण सम्पन्नको नजिक र केही ठेक्का प्रणाली मार्फत निर्माणलाई तिव्रता दिइएको छ ।

उहाँले जापान सरकारको सहयोगमा निर्माण भइरहेका विद्यायलहरु सबै पक्कि संरचना रहेको, फर्निचर सहितको व्यवस्था र भूकम्प लगायतका बहुविपद् प्रतिरोधात्मक संरचना रहेकाले बालबालिकाहरु विद्यालयमा सुरक्षित हुने वातावरण बनेको बताउनुभयो ।

यस्तै,  शिक्षा विकास तथा समन्वयन इकाईका प्रमुख मदनकुमार थापाले भूकम्पले क्षति पुगेका विद्यालयहरु पुर्ननिर्माणको अन्तिम चरणमा पुगेकाले अब सामुदायिक विद्यालयहरुले शैक्षिक क्षेत्रको विकासमा जोड दिन सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।

विद्यालय भवन हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानध्यापक तिलक पण्डितले निर्माण सम्पन्न हुन बाँकी संरचना र फर्निचर लगायतको व्यवस्थापन समयमै मिलाइदिन भवन निर्माणको जिम्मेवारी पाएको सँस्थालाई आग्रह गर्दै आगामी साउन २५ गतेदेखि अहिले बन्द रहेको विद्यालय सुचारु हुने भएकाले अस्थायी टहरामा अध्ययन गर्दै आएका विद्यार्थीलाई सुरक्षित भवनमा अध्यापन गराएर गुणस्तरीय शिक्षा र रचनात्मक विकासमा ध्यान दिने बताउनुभयो ।

उहाँले विद्यालयमा अध्ययनरत ३५० जना विद्यार्थीको लागी माध्यामिक तहसम्म
अध्यापन गराउन कक्षाकोठा, खानेपानी, शौचालय, फर्निचर लगायतको व्यवस्था
भएपनि आगामी दिनमा कम्युटर कक्षा, पुस्तकालय, विज्ञान प्रयोगशाला लगायतको
आवश्यकता रहेको बताउनुभयो ।

विद्यालयको नयाँ भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र र साचो स्वीकार गर्दै विद्यालय व्यवस्थापन समितिका सदस्य जानुका थापाले भूकम्पले अवशरको रुपमा सुविधासम्पन्न भवन निर्माण भएकाले यसको संरक्षण र सदुपयोगमा प्रशासन र अभिभावक दुवै पक्षको जिम्मेवारी रहेको बताउनुभयो ।

‘डिजाइन एण्ड सुपरिभिजन कन्सल्टेन’का जिल्ला अनुगमन ईञ्जिनियर गणेश कंडेलका अनुसार  जापान सरकारको सहयोगमा निर्माण गर्न लागिएको ५७ मध्ये निर्माण सम्पन्न भएको पहिलो विद्यालयको रुपमा श्यामसुन्दर र गुलिभर जेभी मार्फत निर्माण गरेको रालुका मावि पहिलो विद्यालय हो ।

श्यामसुन्दर र गुलिभर जेभी मार्फत निर्माण भइरहेका अन्य पाँच विद्यालयहरु नर्जा स्थित विज्ञान मावि, रालुकादेवीको प्रभुडाँडा आधारभूत विद्यालय, सातविसेको सुन्दरा मावि, समुन्द्रादेवीको जनसहयोग प्रावि र महाकालीको जालपादेवी आधारभूत विद्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेकाले क्रमशः हस्तान्तरण गर्न लागिएको ठेकेदार कम्पनीका प्रतिनिधि उत्तमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

भवन हस्तान्तरण कार्यक्रममा ‘डिजाइन एण्ड सुपरिभिजन कन्सल्टेन’का प्रमुख इञ्जिनियर नरेशराज आचार्य, लिखु गाँउपालिका अध्यक्ष धुव्र श्रेष्ठ, तादी गाँउकार्यपालिका सदस्य यशोदा कट्टेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामशरण तिमिल्सिना लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web