प्रहरीमा राजीनामा दिनेकाे लहर तलब कम, चाकरी चप्लुसी बढी

असार २४, २०७५ मा प्रकाशित | 10019 views

काठमाडौं । हातमा राजीनामा बोकेर महानगरीय प्रहरी कार्यालय रानीपोखरी पुगेका एक प्रहरी हवल्दार भन्दै थिए, ‘प्रहरीको ‘जागिर’ अब पुग्यो ।’ नेपाल प्रहरीमा करिब १९ वर्ष बिताएका ती हवल्दारले ‘पेन्सनर’ सेवा पूरा गरेकाले राजीनामा दिएको बताएका हुन् ।  त्यस्तै राजीनामा गर्ने तयारीमा रहेका एक अर्का प्रहरी जवानले पनि प्रहरीमा अवसरभन्दा दुख–कष्ट बढी भएकाले राजीनामा दिने निर्णयमा पुगेको बताए । तलव–भत्ता सुविधा बढ्दैन, ती जवानले दुखेसो पोख्दै भने,‘प्रहरीमा अवसर भन्दा दुःख बढी छ, पीडा सहेर कति जागिर खानु ।’
रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालय र टेकुस्थित महानगरीय प्रहरी परिसरमा भेटिएका यी दुई प्रहरी कर्मचारीको जस्तै दुःख– पीडा सहन नसकेर जागिर छोड्नेहरूको लर्को नै लागेको छ । राज्यका प्रमुख तीन सुरक्षा सङ्गठनमध्ये जागिर छोड्नेको सङ्ख्या प्रहरीमा अधिक छ ।
सशस्त्र प्रहरी र सेनामा पनि राजीनामा दिएर जागिर छोड्ने तल्लो तहका कर्मचारीको सङ्ख्या विगतका तुलनामा आर्थिक वर्ष २०७४÷२०७५ मा बढेको पाइएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै सेवा–सुविधा र वृत्ति विकासप्रति असन्तुष्टि जनाउँदै राजीनामा गर्नेको सङ्ख्या बढेको हो ।
सुरक्षा सङ्गठनमा कार्यरत तल्लो तहका कर्मचारीहरुको तलब स्केल मासिक करिब १७ ÷ १८ हजारसम्म हुन्छ । रासन वापत न्यूनतम दैनिक एकसयदेखि दुर्गममा पाँचसयसम्म भत्ता आउँछ । यो तलवले परिवार पाल्न त परै जाओस् छाक टार्न नै समस्या परेको गुनासो उनीहरूको छ ।  पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्द बढ्दो महँगी र न्यून तलव सुविधाका कारण सबैभन्दा बढी प्रहरी कर्मचारीहरू मर्कामा परेको बताउँछन् । प्रहरी कर्मचारीले निजामती सेवाको पियनले पाउने जति तलव सुविधा समेत नपाउने गरेका जानकारी दिए, याे खबर अाजकाे गाेरखापत्र दैनिकमा छापिएकाे छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web