आयोजक राष्ट्र रसियाको विश्वकप यात्रामा पूर्णविराम,पेनाल्टी सुटआउटमा पराजित

असार २४, २०७५ मा प्रकाशित | 16655 views

एजेन्सी । आयोजक राष्ट्र रसियालाई हराउँदै क्रोएसिया फिफा विश्वकपको सेमिफाइनलमा पुगेको छ । सेमिफाइनल प्रवेशका लागि क्रोएसियाले टाइब्रेकरसम्म कुर्नुपर्‍यो । उसले टाइब्रेकरमा रसियालाई उसको घरेलु मैदानमा ४-३ ले हराएको हो।
निर्धारित र अतिरिक्त समयमा बराबरी भएसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा फिदोर स्मोलाभको फितलो प्रहार क्रोएसियाका गोलकिपर डेनियल सुबेसिचले बचाएका थिए भने मारियो फर्नाण्डेजले बललाई सहि दिशा दिन सकेनन् । क्रोएसिया २० वर्षपछि सेमिफाइनलमा पुगेको हो ।

सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा क्रोएसिया सेमिफाइनलमा पुगेको थियो । तर सेमिफाइनलमा फ्रान्स ९जसले विश्वकप जित्यो० सँग पराजित भयो । र, तेस्रो स्थानको प्लेअफमा क्रोएसियाले नेदरल्याण्डलाई हरायो ।

खेलको ३८ औं मिनेटमा चेरिसेभले गोल गर्दै रसियालाई अग्रता दिलाएका थिए। तर उसको अग्रतालाई क्रोएसियाले खेलको ३९ औं मिनेटमा गोल गर्दै बराबरी गरिदियो। क्रोएसियाका लागि करामारिकले गोल गरेका थिए।

पहिलो  तथा दोश्रो हाफमा  १(१ गोलको  बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएका थियो ।

अतिरिक्त समयमा धकेलिएको खेलमा कोएसियाका लागि १०१ मिनेटमा डिडेले गोल गरे ।

तर आक्रमक भएको रसियाले खेलको ११५ मिनेटमा बराबरी गोल फर्काउदै खेल बराबरीमा पुर्योयो । रसियाका लागि सो गोल फर्नानडेजले गरेका थिए।

तर पेनाल्टी सुटआउटमा क्रोएसिया विजयी भएपछि ५२ वर्षपछि पहिलो पटक सेमिफाइनलमा पुग्ने रसियाको लक्ष्यमा पूर्णविराम लाग्यो ।

२० वर्षपछि क्रोएशिया सेमिफाइनलको यात्रा तय गरेको  क्रोएशियाले आगामी बुधबार सेमिफाइनलको खेल इङ्ल्याण्डसँग खेल्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web