समूह उपविजेता बन्दै अर्जेन्टिना नकआउट चरणमा,अबको भिडन्त फ्रान्ससँग

असार १३, २०७५ मा प्रकाशित | 431 views

एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह ‘डि’ को उपविजेता बन्दै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको छ । अर्जेन्टिनाले मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा नाइजेरियालाई २–१ गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । समूह डि को विजेता भने क्रोएसिया भएको छ ।

अर्जेन्टिनाका लागि लियोनल मेसीले खेलको १४ औँ मिनेटमा गोल गरेका थिए भने त्यसलाई नाइजेरियाका लागि भिक्टर मोसेसले बराबरी गोल गरेका थिए।

नाइजेरियाले ५१ औँ मिनेटमा पेनाल्टी पाएको थियो, जसलाई मोसेसले गोलमा परीणत गरेका थिए। अर्जेन्टिनाका लागि मार्कोस रोजोले ८६ औँ मिनेटमा विजयी गोल गरेका थिए। यता, क्रोएसियाले खेल २-१ ले जित्दा नतिजा अर्जेन्टिनाको पक्षमा आएको हो। समूह डि को उपविजेता बनेसँगै अर्जेन्टिनाले फ्रान्स प्रतिद्धन्दी पाएको हो । प्रिक्वाटरफाइनलमा क्रोएसियाले डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web