काठमाडौं । लामो समयदेखि उपचाररत वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको ६३ वर्षको उमेरमा निधन भएको छ । पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको आज साँझ काठमाडौंको बासवारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । अस्पतालका प्रशासन प्रमुख वसन्त देवकोटाले डा. देवकोटाको साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको बताएका छन् ।
लामो समय बेलायतमा उपचार गराएका डा. देवकोटा निको नहुने भएपछि आफ्नै देशमा प्राण त्याग गर्ने चाहना अनुसार नेपाल फर्किएका थिए । उनको चाहना अनु्सार गत हप्ता गृहजिल्ला गोरखा पनि लगिएको थियो ।

एसियाकै चर्चित न्युरो सर्जन डा उपेन्द्र देवकोटा उपचारका लागि गत मंसिर पहिलो साता बेलायत पुगेका उनी त्यहाँ पनि उपचार हुन नसकेपछि नेपाल फर्किएका थिए । वैशाख १५ गते नेपाल ल्याइएका डा देवकोटाको न्युरो अस्पतालको भिआइपी वार्डमा राखेर उपचार भइरहेको थियो । देवकोटाले आफ्नो करिअरको ३४ वर्षको अवधिमा २५ हजार भन्दा बढीको शल्यक्रिया र १० लाख भन्दा बढी बिरामी जाँचेका थिए ।

डा देवकोटालाई पित्तवाहिनी नलीको क्यान्सर मेडिकल भाषामा बाइल डक्ट क्यान्सर (कोलान्जिओकार्सिनोमा) भएको थियो । डा देवकाटाले एमबिबिएस सकेपछि सन् १९८६ मा डा मधु दीक्षितसँग विवाह गरेका थ ए। उनका तीन छोरी छन् ।

वीर अस्पतालमा २५ वर्ष सेवा गरेका उनी अहिले बाँसबारीस्थित न्युरो हस्पिटलमार्फत् बिरामीको सेवा गरिरहेका थिए । ७ महिना स्वास्थ्यमन्त्री हुँदा उनले थुप्रै राम्रा कामको सुरुवात गरेका थिए । शिक्षा मन्त्रालयको छात्रवृत्तिमा उनले भारत आसाम मेडिकल कलेजबाट एमबिबिएस गरेका थिए ।

20.12¡ÆC