बजेट आज सदनमा पेश हुँदै,नयाँ कार्यक्रमसहितको १२ खर्ब ७९ अर्बको बजेट

जेष्ठ १५, २०७५ मा प्रकाशित | 3189 views

काठमाडौं  । सरकारले आगामी आर्थिक वर्ष ०७५–७६ को झण्डै १६ खर्बको बजेट ल्याउँदै छ । अर्थमन्त्री डा.युवराज खतिवडाले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अपराह्न ४ बजे बस्ने संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

संविधानको धारा ११९ मा अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्ष १५ जेठमा राजस्व र व्यय अनुमान प्रस्तुत गर्ने प्रावधान छ । यस वर्ष सरकारले सार्वजनिक गर्ने बजेट पूर्ण संघीय बजेट हो ।

१५ जेठ ०७४ मा चालू आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा स्थानीय तहको निर्वाचन सम्पन्न भइसके पनि प्रदेश र संघको निर्वाचन भइसकेको थिएन ।सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमा नयाँ कार्यक्रम थप गरेको छ । यसै वर्षदेखि घोषणा गरिएको मदन भण्डारी राजमार्ग, जलविद्युत्, पर्यटन, रेल, जल यातायात र पूर्वाधार विकासका कार्यक्रम उच्च प्राथमिकतामा पर्ने भएका छन् ।

स्रोतका अनुसार बजेटमा ठूला र राष्ट्रिय महत्वका  कार्यक्रमलाई उच्च प्राथमिकता दिइएको छ । साना, कम महत्वका र बिनाअध्ययन प्रस्ताव गरिएका कार्यक्रम यसपटकको बजेटमा परेका छैनन् । बजेटमा तत्कालीन वाम गठबन्धनको घोषणापत्रमा समावेश भएका केही नयाँ कार्यक्रम परेका छन्, राजधानी दैनिकमा खबर छापिएको छ  ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावअनुसार जल यातायातको सम्भाव्यता अध्ययन, रेल मार्गको विस्तार, मदन भण्डारी राजमार्ग निर्माण, ऊर्जा तथा पर्यटक क्षेत्रको विकासका कार्यक्रम राखिएका छन् । यसका साथसाथै यसअघि राष्ट्रिय प्राथमिकताको सूचीमा परेका केही कार्यक्रमलाई यसपटक पनि प्राथमिकताको सूचीमा राखिएको छ । त्यस्ता कार्यक्रममा पोखरा क्षेत्रीय विमानस्थल निर्माण, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, काठमाडौं तराई फास्टट्रयाक, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, त्रिभुवन विमानस्थलको स्तरोन्नतिलगायतका कार्यक्रम छन् ।

यसबाहेक बजेटले तराई क्षेत्रमा सघन सहरी विकास कार्यक्रमलाई पनि जोड दिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web