‘गोरे’ले खोले थप प्रहरी र व्यापारीको नाम,दुबईमा ‘गोरे’को आफ्नै कम्पनी

जेष्ठ ८, २०७५ मा प्रकाशित | 1639 views

काठमाडौं ।सुन तस्करी र सनम शाक्य हत्याका मुख्य नाइके भनिएका चुँडामणि उप्रेती ‘गोरे’ ले सुन तस्करी काण्डकाबारे नयाँ रहस्य ओकलेका छन् । मंगलबार सिआइबी टोलीले पक्राउ गरी सार्वजनिक गर्ने क्रममा उनले सुन तस्करीको थप रहस्य खोलेपछि सुन तस्करी काण्ड नयाँ मोडमा पुगेको छ । उनले आफूले सुन तस्करी गर्ने गरेको स्वीकारेका छन् । छानबिन समितिसँगको बयानमा गोरेले आफूले विमानस्थलमा प्रहरी र एयरलाइन्सका कर्मचारीसँग सेटिङ मिलाएर सुन ल्याउने गरेको स्वीकारेका हुन् ।

गोरे’ ले प्रारम्भीक बयानमा वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई पोलेका छन् । सुन तस्करीबाट अनुसन्धान गरिरहेको छानविन समितिले मंगलबार विहान काठमाडौं(८ गौरीघाटबाट गोरेलाई पक्राउ गरेको हो । उनलाई मंगलबार नै सार्वजनिक गरिएको छ । लगतै जिल्ला अदालत मोरङमा हाजिर गराइएको छ ।

सार्वजनिक गर्नुअघि समितिले गोरेसँग बयान लिएको थियो । त्यसक्रममा उनले एसएसपी खत्रीलाई पक्राउ गरे सुन तस्करीको माथिल्लो नेक्सस खुल्ने बताएका छन् ।

गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटक पटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् । मुख्य तस्कर चुडामणि उप्रेती ‘गोरे’ले दुबईमा आफ्नै नाममा कम्पनी स्थापना गरी संगठित रूपमा कारोबार गर्दै आएको खुलेको छ
दुबईमा आफ्नै कम्पनी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ महिनामा ३ हजार ७ सय ६६ केजी सुन भित्र्याउने मुख्य तस्कर चुडामणि उप्रेती ‘गोरे’ले दुबईमा आफ्नै नाममा कम्पनी स्थापना गरी संगठित रूपमा कारोबार गर्दै आएको खुलेको छ।

सुन तस्करी र सनम शाक्य हत्याकाण्डको अनुसन्धानका लागि गठित समितिले सोमबार रातीदेखि मंगलबार बिहानसम्म काठमाडौंको अज्ञातस्थलमा गोरेसँग लिएको बयानमा उनले एक करोडभन्दा बढी नेपाली रुपैयाँ खर्चेर संयुक्त अरब इमिरेटसमा नजमल जनरल ट्रेडिङ नामक कम्पनी संचालन गरेको बयान दिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web