काठमाडौं । सरकारले तोकेको भाडादरभन्दा बढी भाडा लिने सवारीलाई गरिएको कारबाहीबाट विभागले एक करोड रुपैयाँ राजस्व संकलन गरेको छ। पछिल्लो समय सार्वजनिक यातायातमा ठगी रहेको भन्दै विभागमा उजुरी आएपछि विभागले अनुगमन सुरु गरेको र अनुगमनका क्रममा गरिएको कारबाहीस्वरूप १ करोड रुपैयाँ राजस्व संकलन गरिएको विभागले जानकारी गराएको हो। उपत्यकाका सवारीसाधनहरूले १३ रुपैयाँ भाडादर कायम भएका ठाउँमा १५ रुपैयाँ लिने गरेका छन्।

त्यस्तै, १७ र १८ रुपैयाँ तोकिएको ठाउँमा २० रुपैयाँ भाडा लिने गरेको समेत विभागले जानकारी दिएको हो। ठगीबारे सर्वसाधारणको उजुरी बढ्न थालेपछि विभाग अनुगमनमा सक्रिय भएको बताउँदै विभागका निर्देशक तुलसीराम अर्यालले सवारीमा एक रुपैयाँ मात्रै बढी लिए पनि कारबाही हुने बताए। अहिले विभागले बढी भाडा असुल्ने सवारीलाई पाँच हजार रुपैयाँ जरिवाना गरिरहेको छ। यातायात व्यवस्था विभागले यात्रु ठगिने क्रम रोक्नका लागि आफ्नो अनुगमनसमेत निरन्तर जारी रहने प्रतिबद्धता जनाएको छ। राजधानी दैनिकमा समाचार छ ।

25.12¡ÆC