टोकियो ।

जापानको सिनमोए पर्वतमा शक्तिशालि ज्वालामुखी विस्फोट भएको छ ।

दक्षिणपश्चिम जापानको उक्त पर्वतमा करिव २ हप्तापछि पुन लगातार ज्वालामुखी विस्फोट भएको हो ।

जापानको मौसम विज्ञान विभागले नागरिकहरुलाई सिनमोए पर्वतबाट टाढा जान चेतावनी जारी गरेको छ । एजेन्सीले १ देखी अधिकतम ५ सम्म हुने खतराको स्तर तीनमा रहेको समेत जनाएको छ ।

ज्वालामुखी कागोशिमा र मियाजाकि प्रिफेक्चरको बिचमा फैलिएको छ । समाचार अनुसार आईतबार बिहान शिनमोय पर्वतमा करिव ३२ सय मिटर माथिसम्म आगोको लप्का देखिएको थियो । जुन ज्वालामुखीको लप्का ८ सय मीटर टाढासम्म फैलिएको मौसम विज्ञान विभागले जनाएको छ ।

ज्वालामुखी लगातार विस्फोट भइरहेकाले सिनमोय पर्वतको नजिक नजान र स्थानिय सुरक्षा अधिकारीहरुसँगको समन्वयमा मात्र पर्वत नजिकको भूभागमा कृयाकलाप गर्न भनिएको छ ।

16.42¡ÆC