भरतपुर अस्पतालको झ्यालबाट हामहालेर बिरामीले गरे आत्महत्या

फाल्गुन २१, २०७४ मा प्रकाशित | 1286 views

चितवन ।

चितवनको भरतपुर अस्पतालको झ्यालबाट हाम्फाल्दा एक बिरामीको मृत्यु भएको छ । पश्चिम चितवनको जगतपुरस्थित ध्रुव घर भएका ५२ वर्षीय धनराज सुब्बाको यसरी मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

उनी यही फागुन १९ गते अल्कोहलका कारण प्याङक्रियाज सुनिएर उपचारका लागि भरतपुर अस्पतालमा भर्ना भएका थिए। भरतपुर अस्पतालको मेडिकल वार्डमा उपचाररत सुब्बाको आइतबार साँझ करिव ५ः३० बजेको समयमा अस्पतालको झ्यालबाट हाम्फालेर मृत्यु भएको ढकालले जानकारी दिए। उनका अनुसार सुब्बाले अस्पतालको शौचालयको झ्यालबाट हाम्फालेका थिए । गम्भीर अवस्थामा भेटिएका उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा युवानिधि बस्यौलाका अनुसार उनको आकस्मिक कक्षमा उपचारकै क्रममा मृत्यु भएको र शवलाई अस्पतालमै राखिएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web