बार्सिलोनालाई ८ अंकको अग्रता,मेस्सीको ६ सयौं गोल

फाल्गुन २१, २०७४ मा प्रकाशित | 6919 views

एजेन्सी । स्पेनिस ला लिगा लिडर बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडलाई पराजित गर्दै महत्वपूर्ण ३ अंक थप गरेको छ ।गएराति भएको खेलमा एथ्लेटिको मड्रिडलाई १ शून्यले हराउँदै बार्सिलोनाले ८ अंकको अग्रता बनाएको हो । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा
घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा मेस्सीले २५ औं मिनेटमा गोल गरेका थिए । उनले २५ यार्डबाट हानेको फ्रिकिक सीधै गोल पोष्टको जाली चुम्न पुगेको थियो ।

नतिजासँगै ला लिगाको उपाधि जित्न बार्सिलोनालाई सहज भएको छ ।  २७ खेलबाट बार्सिलोनाको ६९ अंक छ भने २७ नै खेल खेलेको एथ्लेटिकोको ६१ अंक छ ।  टिमलाई महत्वपूर्ण जित दिलाउने गोल मेस्सीको खेल जीवनको ६ सयौं गोल हो । मेस्सीले अहिलेसम्म क्लबका तर्फबाट ५ सय ३९ र देशका तर्फबाट ६१ गोल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web