सर्वोच्च अदालत विरुद्ध डा गोविन्द केसी अनसनमा

पुस २४, २०७४ मा प्रकाशित | 938 views

<p>काठमाडौंं । डाक्टर गोविन्द केसीले सर्वोच्च अदालत विरुद्धको अनसन सुरु गरेका छन्। त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका डिन डा. शशी शर्मालाई सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थानमा पुनर्बहाली गर्न आदेश दिएपछि उक्त आदेशविरुद्ध डा.केसी १४औं पटकको अनसन सुरु गरेका हुन्।</p><p><br></p><p>डिन नियुक्त सम्बन्धनको खेल भएको भन्दै डा.केसीसँगै पुरै चिकित्सा क्षेत्र आन्दोलित भएपछि तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष एवं त्रिवि कूलपति खिलराज रेग्मीले शर्मालाई २०७० माग ८ गते बर्खास्त गर्न निर्देशन दिएका थिए। त्यसविरुद्ध शर्माले सर्वोच्चमा फागुन १ गते रिट हालेपछि उनलार्इ कानुनविपरित बर्खास्त गरिएको ठहर गर्दै सर्वोच्च अदालतले आइतबार पुनर्बहाली गर्न आदेश दिएको हो। शर्माको पदावधि सकिनु चार दिनअघि प्रधान न्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलाशले पुनर्बहाली गरेपछि केसी प्रधानन्यायाधीश विरुद्ध नै अनसनमा उत्रेका हुन्।&nbsp;</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web