बैंगलोर ।

भारतमा जारी अन्तराष्टिय आमन्त्रित आईटिएफ च्याम्पियनशिपमा नेपालले पहिलो दिन पाँच स्वर्णपदक जितेको छ ।

नेपालको लागि निशान्त लामीछानेले १० वर्षमुनीका खेलाडी समुहमा नेपाललाई स्वर्णपदक दिलाएका हुन ।

यसैगरि आशिष थापा र शान्तकुमार रानामगरले १३ बर्षमुनीको कलर बेल्ट प्याटन तर्फ भारतीय खेलाडीहरुलाई उनिहरुकै मैदानमा पराजित गर्दै स्वर्णपदक जित्न सफल भएका हुन ।

नेपाललाई स्वर्णपदक दिलाउने क्रममा बिबिका बस्नेतले १५ बर्षमुनिको खेलाडी समुह अन्र्तगत कलर बेल्ट प्याटनमा भारतकै खेलाडीलाई लगातार सेमिफाइनल र फाइनलमा पराजित गर्दै स्वर्णपदक उचालिन ।

बिबिकाले १५ बर्ष उमेर समुहकै ४०-५० केजी तौल समुहमा क्वाटर फाइनलमा भारतीय खेलाडीलाई पराजित गर्दै वाई पाएर फाइनलमा भारतीय खेलाडीलाई नै हराउँदै नेपालको लागि पाचौं तथा व्यक्तिगत तर्फ दोस्रो स्वर्ण पदक हात पार्न सफल भएकी छिन ।

22.12¡ÆC