दुई स्टार बेश्यावृत्तीमा संलग्न रहेको अवस्थामा पक्राउ

जेष्ठ २६, २०७३ मा प्रकाशित | 3641 views

२६ जेठ, एजेन्सी ।
मुम्बईमा प्रहरीले बेश्याबृत्ती संलग्न रहेको अवस्थामा दुई टेलिभिजन स्टारलाई पक्राउ गरेको छ । प्रहरीले एउटा अखडामा छापा मार्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

भारतीय संचारमाध्यमका अनुसार गोरेगाउस्थित मुम्बई प्रहरीको सोशल सर्भिस ब्रान्च 'एसएसबी' ले हाइ प्रोफाइल संलग्न यौनधन्दा पर्दाफास गरेको हो ।

सोमाबार राति अबेर छापा मार्ने क्रममा एउटा मलबाहिर दुई टेलिभिजन नायिकालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमध्ये एक ‘सावधान इन्डिया’ नामक टेलिभिजन शृंखलाकी नायिका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्ने अन्यमा एक मराठी नायिका र एक र्‍याम्प मोडलसमेत छन् ।

बेश्याबृत्तीमा संलग्न यी कलाकारले ५० हजारदेखि १ लाख रुपैयाँसम्म रकम लिने गरेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ ।

उनीहरुलाई हाई प्रोफाइल व्यावसायी तथा कर्पोरेट ग्राहकसँग पठाउने गरिएको पनि प्रहरीले खुलासा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web