तुलसीपुर ।

पश्चिम दाङमा श्रीमतीले श्रीमानको औंलाकाटेर पोलेर खाएको घटना सार्वजनिक भएको छ ।

तुलसीपुर उपमहानगरपालिका १ छोटे निवसी ६४ बर्षकी रिसमी महतराले ६४ बर्षका श्रीमान चन्द्रबहादुर महताराको दाहीने हातको ४ वटा औंला काटेर अगेनामा पोलेर खाएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

श्रीमानले जाँडरक्सी सेवन गरेर कुटपिट गर्ने गरेका कारण औंला काटी पोलेर खाएको वयान दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक प्रकास सापकोटाले जानकारी दिनुभएको छ ।

‘जाँड रक्सी खाएर बुढोले गएराति पनि बुढीलाई कुटपिट गरेछ, आरोपी महतरालाई उदृत गर्दै प्रनाउ सापकोटाले भन्नुभयो, ‘सुतेको मौका छोपी चारवटै औंला काटेर पोलेर खाए भनेर हामीलाई बयान दिएकी छन् ।’

आरोपीले दिएको बयानको विश्वास नमानेर घरमा औंला खोज्न गएको प्रहरी, टोली नभेटाएर फर्किएपछि सबै पोलेर खाएको निस्कर्षमा पुगको छ । यसैविच औंलाखाने श्रीमतीलाई प्रहरीले बिहिबार विहान नियन्त्रणमा लिएको छ ।

गाउँलेसंगै उपचार गर्न राप्ती अञ्चल अस्पतालमा आएकी उनलाई प्रहरीले अस्पताल परिसरबाटै नियन्त्रणमा लिएको हो ।

औंला काटिएपछि गम्भिर घाइते भएका श्रीमानलाई राप्ती अञ्चल अस्पतलामा समान्य उपचारपछि थप उपचारका लागि नेपालगंज पठाइएको छ ।

रगत धेरैबगेका कारण अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ । पक्राउ परेकी श्रीमतीलाई घाइतेको अवस्था अनुसार कार्वाही प्रकृया अघि बढाउने तयारीमा प्रहरी पुगेको छ ।

20.12¡ÆC