पारसको निर्मल निवास प्रवेश प्रयास-हिमानीसँग नाचगान, ज्ञानेन्द्रसँग टिका ग्रहण

पुस १२, २०७४ मा प्रकाशित | 2434 views

काठमाडौं ।

झन्डै तीन  वर्षअघि नेपाल फर्किए पनि पूर्व युवराज पारस शाहले निर्मल निवासमा अझै औपचारिक प्रवेश पाएका छैनन् ।

यद्यपी, पछिल्ला दिनमा उनले पत्नी हिमानीसहित परिवारका सदस्यसँगको सम्बन्धमा भने सुधार गर्दै छन् । आफ्ना उद्दण्ड गतिविधि र अनियन्त्रित खानपिनमा पनि उनले नियन्त्रण गरेका छन् ।

२०७१ चैतमा बैंककबाटछ फर्किएपछि पारस बहिनी शीताष्मा 'काका धिरेन्द्रकी छोरी' को घरमा बस्दै आएका छन् ।

पिता पूर्वराजा ज्ञानेन्द्र, आमा कोमल र पत्नी हिमानीसहित परिवारका  सदस्यसँगको उनको भेटघाट कमै हुने गरेको थियो। तर पछिल्लो एक वर्ष यता बाबु आमा र श्रीमतीसँगको भेटघाट भने बाक्लो भएको  खबर योगेश ढकालले आजको गज्जब साप्ताहिकमा लेखेका छन् ।

पारस १५ असोजमा पत्नी हिमानीको जन्मदिनमा सहभागी  भए। परिवारका नजिकका आफन्तबीच मनाइएको उक्त कार्यक्रममा पारस र हिमानी केहीबेर सँगै नाँचेका पनि थिए ।

उनीहरूलाई सँगै नाच्न नातेदारहरूले मिलाइदिएका थिए। दसै तिहार बुबा आमासहित परिवारसाग निर्मल निवासमै रमाइलो गरेर मनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web