बाढीपीडीत परिवारका १ सय बालबालिका लाई नगद सहयोग

पुस ११, २०७४ मा प्रकाशित | 761 views

राजपिराज ।
बालअधिकार तथा वातावरण समाज नेपाल क्रेस नेपालले मंगलबार युनिसेफको सहयोग तथा महिला तथा बालबालिका कार्यालयको समन्वयमा बाढीपीडीत परिवारका १ सय बालबालिका लाई नगद सहयोग गरेका छन् ।
गत साउन २७ गतेको बाढिले घरवार विहिन भई कष्टकर जीवन विताउन बाध्य बाढिपीडीत परीवारका १ सय जना बालबालिकालाई व्रmेस नेपालको कार्यालयमा वोलाएर एक कार्यक्रम विच राहत स्वरुप ५÷५ हजारका दरले नगद सहयोग वितरण गरीएको हो ।
बाढिबाट सर्वाधिक प्रभावित तिलाठी–कोइलाडी, तिरहुत, हनुमाननगर, भारदह, सकरपुरा, मैनाकडेरी, रम्पुरामलहनीयाँ, लोहजरा, रुपनी, सुरुङ्गा, कञ्चनरुप, विष्णुपुर, छिन्नमस्ता ,मधवापुर लगायतका स्थानका बाढीपीडीत गरीव असहाय परीवारका १ सय जना बालबालिकाको खोजीगरी नगद सहयोग वितरण गरीएको व्रmेस नेपाल सप्तरीका अध्यक्ष उपेन्द्र साहले बताउनु भयो ।
संस्थाले सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि र संचारकर्मीहरुको रोहवरमा बाढिपीडीत बालबालिकाहरुलाई राहत वितरण गरेका हुन् । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि निमित सिडियो नरबहादुर खडका, प्रमु्ख महिला विकास अधिकृत चन्द्रकला श्रेष्ठ, युनिसेफ प्रतिनिधि अशोक झा, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, संचारकर्मी वैद्यनाथ झा, मनोज माझी, वृजमान तामाङ, नवीन गुप्ता लगायतले आयोजक संस्था प्रति आभार व्यक्त गर्दै बालबालिकाले सहयोग वापत पाएको रकमको सदुपयोग गर्न अभिबावक संग आग्रह गर्नु भयो ।
सो क्रममा प्रमुख अतिथि खडकाले बालबालिकाहरुलाई प्राप्त रकम के गर्नेरु भन्ने जिज्ञाशा समेत राख्नु भएको थियो । जवाफमा अधिकांस बालबालिकाले शौक्षिक सामाग्री किन्ने, स्कुलको फिस बुझाउने र चिसो बढेकाले न्यानो लुगा किन्ने जवाफ फर्काउनु र्भएका थिए ।
वडा कार्यायमा तालावन्दी
दिनानाथ यादव
राजविराज, पुस ११ गते । सप्तरीको महदेवा गाउँपालीका वडा नं। १ मा बाढिपीडितको नाममा आएको राहत सामग्री वितरणमा अनियमिता तथा भ्रष्टाचारी भएको भन्दै स्थानीयले वडा कार्यायमा तालावन्दी गरीएको छ ।
स्थानीय बहादुर सदाको नेतुत्वमा सयौ बाढिपीडित वडा कार्यालय पकरीमा मंगलबार पुगेर तालावन्दी गरेको हो । वडा नं। १ का स्थानीय बहादुर सदाले राहतको नाममा आएको चामल, त्रिरपाल, कम्वल, म्याट लगायतको सामग्री वडा कार्यालयमा नराखि वडा अध्यक्ष जयकिशोर दासको निजी घरमा राखेको बताए ।
महदेवा गाउँपालीकाका कार्यकारी अधिकृत केशव झाले ८५ बोरा चामल पठाएको बताए भने वडा सचिव शिव कुमार मण्डलले ३८ बोरा मात्र आएको सदाले बताएका छन् ।
वडा अध्यक्ष दासले बाढिपीडितको नाममा केहीलाई पैसा लिएर केही आफन्तजन, नाजागोता, राजनीतिक दलका व्यक्तिलाई बाढीपीडितको नामावलीमा नाम समावेश गरीएको सदाले संचारकर्मी समक्ष सो आरोप लगाएका हुन ।
उनले भने बाढिपीडितको नाममा आएको राहत सामग्री बाढिपीडितले नै पाउनु पर्छ गैर बाढिपीडितलाई वडा अध्यक्षले वाडन खोजेकोले आपूmहरु वडा कार्यालयमा तालावन्दी गर्नुपरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web