काठमाडौं ।

विभिन्न कलाकारले इन्द्रजात्राको विषयवस्तुलाई आधार मानेर संकलन गरेका तस्वीरको प्रतिस्पर्धामा अम्बिशकाजी शाक्य प्रथम हुनुभएको छ ।

गएको इन्द्रजात्रामा वसन्तपुर तथा त्यस आसपास क्षेत्रमा विभिन्न २३ कलाकारले खिचेका एकसय तस्वीरको आज गरिएको प्रतियोगितात्मक प्रदर्शनीमा शंकर भुजेल र रोहित महर्जन दोस्रो हुनुभएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा शाक्यलाई क्रमशः रु १० हजार तथा भुजेल र महर्जनलाई रु पाँच–पाँच हजार पुरस्कारसमेत दिइएको छ ।

इन्द्रजात्रा गर्नका लागि जीवित देवी कुमारी, गणेश, भैरवका रथयात्रा चलाउनुपर्ने परम्परा भएकाले उनीहरुको समेत तस्वीर संकलन तथा प्रदर्शन गरिएको छ ।

19.12¡ÆC