दाङमा प्लासटीक प्रयोगमा रोक

पुस १, २०७४ मा प्रकाशित | 2928 views

दाङ ।
दाङको लमही नगरपालिकाले आज पुस १ गते देखी प्लास्टीकका गिलास, चम्चा, पोलिथिन तथा प्लेटको प्रयोगमा रोक लगाएको छ ।
लमही नगरपालिकालाई बातावरणीय सरसफाइमा उत्कृट बनाउनका लागि यस्तो निर्णय गरेको नगरपालिकाका प्रबक्ता बिमबहादुर केसीले जानकारी दिनु भयो ।
नगरपालिकाको कार्यपालिका बैठकले केही दिन अघि यस्तो निर्णय गरेको थियो ।
लमही नगरपालिकाका सबै वडाहरुमा यस प्रकारको निर्णय लागु गर्ने र पुर्ण सरसफाइयुक्त नगरपालिका बनाउने अभियान थालिएको उहाँले बताउनु भयो ।
यसको कार्यान्वयनका लागि राजमार्ग तथा सबै वडाका बस्तीस्तरमा अभिमुखीकरण कार्याक्रम संचालन गर्ने निर्णयपनि नगरपालिकाको बैठकले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web