ट्रकले बसलाई ठक्कर दिदाँ ४० जना घाईते

पुस १, २०७४ मा प्रकाशित | 8907 views

धादिङ ।

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट गाउँपालिका वडा नं १० मौवाखोलामा आज बिहान ट्रकले बसलाई ठक्कर दिदाँ ४० जना घाईते भएका छन् ।

घाईते मध्ये ६ जनाको अवस्था गम्भीर छ ।

काठमाडौँबाट मुग्लिन जाँदै गरेको ना ४ ख १६७४ नम्बरको ट्रकले टिकापुरबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ४४२० नम्बरको बसलाई ठक्कर दिएको ट्राफिक प्रहरी कार्यालय गजुरीका इन्स्पेक्टर कृष्णराज सापकोटाले जानकारी दिए ।

दुर्घटनाका घाईतेहरुको स्थानीय स्वास्थ्यसंस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

ओभरट्याक गर्ने क्रममा ट्रकले बसलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिएपछि बस सडकमा पल्टिएको थियो । सडकको बीचमा बस पल्टिएका कारण राजमार्गमा एकतर्फी रुपमा मात्र सवारी चलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web