भुटानीहरु देश फर्कन आतूर, कुटनीतिक पहल गर्न सरकार असफल

मंसिर २९, २०७४ मा प्रकाशित | 1110 views

दमक ।

भुटानी शरणार्थी स्वेदश फिर्ती लगायतका शरणार्थीहरुको मुद्धा कुटनीतिक तहबाट समाधान गर्नु पर्ने झापाको दमकमा आयोजित एक कार्यक्रममा सहभागी वक्ताले बताएका छन् ।

दमकमा रहेर नेपाली भाषी भुटानी शरणार्थी बिधार्थीलाई शिक्षा दिन सहयोग गरीरहेको क्यारीतास नेपालले २५ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले स्थानिय तहवाट भन्दा पनि केन्द्रीय सरकारले कुटनीतिक ढंगले समस्या सामधान गर्नु पर्ने बताएका हुन् । कार्यक्रमका अतिथि जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले बोल्दै तेस्रो देश पुर्नवास पछि बाँकी रहेका ८÷१० हजार नेपाली भाषी भुटानीको स्वेदश फिर्ती कुटनीतिक तवरले गर्नु पर्ने बताउनु भयो ।

दमक नगरपालिकाका मेयर रोम नाथ ओलीले पनि मानवीयताको नाताले स्थानिय तहबाट बस्ने ठाउँ उपलब्ध गराउन सकिए पनि तलबाट यो समस्या सामधान नहुने भन्दै अब बन्ने  नयाँ  केन्द्रीय सरकार मार्फत पहल गर्नु पर्ने बताउनु भयो । तेस्रो देश पुर्नवास पछि बाँकी रहेका शरणार्थीको हकमा भन्ने दातृ निकायहरु पन्छीन नहुने मेयर ओलीले बताउनु भयो । उनीहरुको शिक्षा र बसोवास गाँसवासको लागि दातृ निकायको सहकार्य सहयोग रही रहनु पर्ने ओलीको भनाई थियो ।

मोरङ्गको पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप राईले शरणार्थी समस्या सबै पक्षको सहकाय र समन्वयमा  सामधान गर्नु पर्ने बताउनु भयो । तेस्रो देश पुर्नवास अन्तर्गत अमेरिकामा बसोवास गरी रहेका भुटानीहरुको साझा संस्था ओविसीएका अध्यक्ष दिलिप दाहालले नेपालमा नयाँ प्रधानमन्त्री बने पछि शरणार्थीको समस्या समाधान गर्न पहल गर्ने बताउनु भयो । विगतमा प्रधानमन्त्रीसंग भेटेर शरणार्थीका समस्या राखे पनि वेवास्ता गरेको उहाँले गुनासो गर्नु भयो ।

झापाका प्रमुख जिल्ला अधिकारी क्रषीराम तिवारी , जिल्ला शिक्षा कार्यालय झापाका जिल्ला शिक्षा अधिकारी योगेन्द्र प्रसाद दुलाल लगायतले क्यारीतास नेपालले भुटानी शरणार्थी बिधार्थीको शिक्षा आर्जनमा गरेको लगानीको प्रशांसा गर्दे सबैको पहलमा भुटानीका मुद्धा समाधान गर्नु जोड्दिनु भएको थियो ।

क्यारीतास नेपालका अध्यक्ष फादर सिलास वोगटीले २५ वर्ष काम गर्ने अवसर प्रदान गर्ने नेपाल सरकार, दमक , पथरी शनिश्चरे नगरपालिका ,वजेट दिने दातृनिकाय युएन एच सीआर लगायतलाई धन्यवाद दिनु भएको थियो ।

झापाको दमकमा रहेर नेपाली भाषी भुटानी शरणार्थी बिधार्थीलाई शिक्षा दिन सहयोग गरीरहेको  क्यारीतास नेपालले २५ वर्ष पुगेको अवसरमा सम्मान लगायतका कार्यक्रम गरेको छ ।

दमक स्थित वेलडाँगी शिविरको त्रिरत्न माविमा भएको कार्यक्रममा सरकारी , शिक्षक ,स्थानिय निकायका प्रमुख , सरोकार वाला संस्थाका प्रमुख लगायतलाई सम्मान गरेको हो । शरणार्थी समन्वय समिति वेलडाँगी र क्यारीतास नेपाल दमकले आज संयुक्त रुपमा दर्जन बढी ब्यक्तित्वलाई सम्मान गरेको छ ।

सम्मान पाउनेहरुमा जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेल , झापाका प्रमुख जिल्ला अधिकारी क्रषीराम तिवारी , तेस्रो देश पुर्नवासका क्रममा अमेरिका पुगेका भुटानी शरणार्थीहरुको साझा संगठन ओविसीए अमेरिकाका अध्यक्ष दिलिप दाहाललाई क्यारीतास नेपालका अध्यक्ष फादर सिलास वोगटीले दोसल्ला ओढाएर सम्मान पत्र द्धारा सम्मान गर्नु भएको थियो ।

क्यारीतास नेपाल दमक शाखा अध्यक्ष फादर पल सिमिकको अध्यक्षतामा भएको कार्यक्रममा दमक नगरपालिकाका मेयर रोमनाथ ओली , मोरङ्गको पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप राई , जिल्ला शिक्षा कार्यालय झापाका जिल्ला शिक्षा अधिकारी योगेन्द्र दुलाल , शिविर ब्यवस्थापन समिति बेलडाँगीका सचिव टिकाराम रसाइली र मोरङ्गको शनिश्चरे शिविरका सचिव चम्पासिंह राईलाई सम्मान गरेको थियो ।

क्यारीतास नेपाल दमक शाखालाई ५०हजार रुपैयाँ अमेरिकामा बसोवास गरी रहेको भुटानीको तर्फबाट संकलन गरी ल्याएको रकमको चेक ओविसीएका अध्यक्ष दाहालले क्यारीतास नेपालका अध्यक्ष वोगटीलाई प्रदान गर्नु भएको थियो । भुटानी शरणार्थीहरु तेस्रो देश पुर्नवासका क्रममा अमेरिका , क्यानेडा , अष्टिेलीया ,नर्वे लगायतका देशमा गएर वसोवास गरी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web