बिराटनगर ।

पुर्वि तराईका जिल्लाहरुमा आज विहानैदेखी एक्कासी चिसो वढेको छ । विहाननैदेखी वाक्लो हुसु र कुहिरो लागेसंगै चिसो वढेको हो ।

निरन्तर चिसो वढेसंगै अस्पतालमा विरामीहरुको चाप समेत वढन थालेको छ ।

चिसोका कारण दम, रुघाखोकी, ज्वरो, टाउको दुख्ने तथा कोल्ड डायरियाका विरामीहरुको शख्या वढन थालेको कोशी अन्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर रोशन पोखरेलले वताउनुभयो ।

चिसोलेगर्दा वृद्धवृद्धा र वालवालिका वढि प्रभावित भएका छन ।

वाक्लो कुहिरो र हुस्सुका कारण विराटनगरवाट संचालित विमानसेवा समेत प्रभावित हुन थालेका छन ।

विहान उडानगर्ने विमानहरु समय तालिका अनुसार उडान हुन नसकेपछी यात्रुहरुलाई समेत समस्या हुन थालेको छ ।

21.09¡ÆC