एसीसी अण्डर १६ ईस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपाल समूह विजेता

मंसिर २८, २०७४ मा प्रकाशित | 2030 views

काठमाडौं । नेपालको युवा टोली थाईल्याण्डमा जारी ए सी सी अण्डर १६ ईस्टर्न रिजन क्रिकेट प्रतियोगितामा समूह विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।

थाईल्याण्डमा बिहीबार भएको समूहको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३ सय २७ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाईलनको यात्रा तय गरेको थियो ।

नेपालले पहिलो ब्याटिङ्ग गर्दा चौथो नम्बरमा आएका नेपालका कप्तान रित गौतमले ७८ बलमा १२ चौकाको मद्दत्तमा अविजित रहँदै १ सय ६ रन बनाएका थिए ।

त्यसपछि ब्याटिङ्ग गर्न आएका त्रित राज गौतमले २९ बलमा ३ छक्का र ७ चौकाको मद्दत्तमा ६४ रन बनाउँदै अर्ध शतक पुरा गरेका थिए ।

पहिलो ब्याटिङ्ग गरेको नेपालले ३५ ओभरमा ६ विकेटको क्षतिमा ३ सय ५० रन बनएको थियो ।

म्यानमारले ११.३ ओभरमा मात्र १३ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

नेपालका बलर नारायण जोशी र मेक बहादुरशेन थापाले समान ४ विकेट लिएका थिए भने विशाल विक्रम केसीले १ विकेट लिएका थिए ।

पहिलो खेलमा आयोजक थाईल्याण्डलाई १ सय ३३ रन र दोस्रो खेलमा हङकङलाई ४ विकेटले पराजित गर्दै नपालले तेस्रो खेल अघि नै सेमिफाईनलको यात्रा तय गरिसकेको थियो ।

नेपालले सेमिफाईनलमा मलेसियाको समाना गर्ने छ ।

यसैगरी, अर्को सेमिफाईनल समूह बी को विजेता सिंगापुर र समूह ए को उप विजेता हङकङबीच हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web