<p>राजविराज ।</p><p>भारतीय नागरिकसँग रकम लिई सरकारी छाप र दस्तखत किर्ते गरी नक्कली नागरिकता बनाएर वितरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा जिल्ला प्रशासन कार्यालय सप्तरीका कर्मचारी, वडा सचिव र ३ जना भारतीय नागरिक सहित ६ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।</p><p>स्थानीय राजरंशालामा नक्कली नागरिकता विक्री गर्ने गिरोह र खरिद गर्ने व्यक्तिको छलफल चलिरहेको गोप्य सूचना पाएपछि हिजो प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।</p><p>पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मुकेश सिंहले उनीहरुको साथबाट नक्कली नागरिकता बनाउन प्रयोग गरिने सरकारी छाप, विभिन्न व्यक्तिको नाममा बनाइएको नक्कली नागरीकता प्रमाणपत्र कार्ड, कर्मचारी परिचयपत्र, सिम सहितको ६ थान मोवाइल र विभिन्न व्यक्तिबाट नागरिकता बनाइ दिने भन्दै लिएको नगद १ लाख १५ हजार रुपैयाँ समेत बरामद गरिएको जानकारी दिनुभयो ।
</p>
20.87¡ÆC