दोश्रो खेलमा पनि नेपालको जित, अन्तिम खेल बिहीबार म्यानमारसँग

मंसिर २६, २०७४ मा प्रकाशित | 5018 views

काठमाडौं ।

नेपालको युवा टोलीले थाईल्याण्डमा जारी ए सी सी अण्डर १६ ईस्टर्न रिजन क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।

थाईल्याण्डमा मंगलबार भएको खेलमा हङकङलाई ४ विकेटले पराजित गर्दै नेपालले सेमिफाईनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ ।

हङकङले दिएको ८३ रनको विजयी लक्ष्य नेपालले २४।१ ओभरमा ६ विकेटको क्षतिमा भेट्टाएको थियो ।

सोमबार भएको पहिलो खेलमा पनि सर्वाधिक ३९ रनको योगदान गरेका त्रीत राज दाशले यस खेलमा पनि सर्वाधिक २७ रनको योगदान गरेका थिए ।

पहिलो ब्याटिङ्ग गरेको हङकङले ३५ ओभरमा ९ विकेटको क्षतिमा ८२ रन बनाएको थियो ।

नेपालका बलर प्रातिश जोशीले सर्वाधिक ३ विकेट लिएका थिए भने अजय कुमार लोनियाले २ तथा नारायण जोशी र निखिल कुमार सिंहले १–१ विकेट लिएका थिए ।

सोमबार भएको पहिलो खेलमा नेपाली युवा टोलीले थाईल्याण्डलाई १ सय ३३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

त्यस खेलमा नेपालका बलर नारायण जोशीले सर्वाधिक ५ विकेट लिँदै नेपालको जितमा निकै मद्दत्त पुर्याएका थिए ।

नेपालको तेस्रो तथा समूह चरणको अन्तिम खेल बिहीबार म्यानमारसँग हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web