भोट हाल्न नाम भए परिचयपत्र नचाहिने

मंसिर ९, २०७४ मा प्रकाशित | 987 views

<p><br>काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा मतदाता परिचयपत्र हराएका वा नष्ट भएका मतदातालाई समेत मताधिकारको प्रयोग गर्न दिने भएको छ ।</p><p>आयोगले मतदाता नामावलीमा नाम दर्ता गरेका तर परिचयपत्र नलिएका, कुनै कारणवश परिचयपत्र हराएका वा नष्ट भएका मतदाताको मताधिकार सुरक्षित गर्न भन्दै मत हाल्न दिने भएको हो ।</p><p>आयोगका प्रवक्ता नवराज ढकालले आयोगले वितरण गरेको फोटोसहितको परिचयपत्र कुनै कारणले हराएको वा नष्ट भएको भए पनि मतदान गर्न दिइने बताए । राजधानी दैनिकमा समाचार छ ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web