कांग्रेस नेता महतलाई लक्षित गरी बम पड्काउने पक्राउ

मंसिर ४, २०७४ मा प्रकाशित | 1193 views

नुवाकोट । नुवाकोटका प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का कांग्रेस उम्मेदवार डा रामशरण महत र प्रदेश नं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गरी बम विस्फोटन गराउनेमध्ये एक जना पक्राउ परेका छन्।

उक्त घटनामा संलग्न भएको अभियोगमा दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारका अनन्त धिताललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरेन्द्र बस्यालले जानकारी दिए। शुक्रबार कांग्रेसका उम्मेदवार महतद्वयलाई लक्षित गरी प्रेसरकुकर बम विस्फोटन गराएर फरार भएका २८ वर्षका धिताललाई घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

धिताल नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का जिल्ला सदस्य हुन्। उनले नै भदौ ३० गते दुप्चेश्वर गाउँपालिका–१ स्थित इन्द्रेणी प्राविका शिक्षक रामकृष्ण श्रेष्ठलाई मोसो दलेर दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ।

धितालमाथि जिल्ला प्रशासन कार्यालयमा ‘सार्वजनिक अपराध ऐन’ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web