३ मंसिर, काठमाडौ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ ।

गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्याइएका प्रकाशको निधन भएको चिकित्सकले बताएका छन् । यद्यपी मृत्युको घोषणा भने हुन बाँकी रहेको छ ।

पुष्पकमल दाहाल लगायतका पार्टीका शीर्ष नेताहरु झापामा रहेकाले काठमाडौं आइपुगेपछि केही समयपछि घोषणा गर्ने चिकित्सकले बताए । चुनावी अभियानमा झापामा रहेका पुष्पकमल दाहाल, प्रकाशकी दिदी रेणु दाहाल काठमाडौं आउन लागेका छन् ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले दुखद घटना भएको भन्दै डाक्टरको सूचना पर्खीरहेको बताइन् ।
अचानक हृदयघात भएपछि आज बिहान पाँच बजे अस्पताल पुर्याएका दाहाललाई डाक्टरले बचाउन नसक्ने प्रतिक्रिया दिएका थिए ।

यो पनि पढ्नुहोस् ।

प्रचण्ड पुत्र प्रकाश अचेत अबस्थामा भेट्टिए, अबस्था के हो बाहिर आएन

15.47¡ÆC