मङसिर १० र २१ गते सार्वजनिक बिदा, विद्यालय र क्याम्पस ४ दिन बिदा !

मंसिर १, २०७४ मा प्रकाशित | 1592 views

काठमाडौं ।

निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मतदात हुने दिन मङसिर १० गते र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मतदान हुने दिन मङ्सिर २१ गते सार्वजनिक विदा दिन सरकारसँग आग्रह गरेको छ ।

आयोगको आज बसेको बैठकले मतदानका दिन सार्वजनिक यातायातका साधन सञ्चालन नहुने र अधिकाश कर्मचारीहरू निर्वाचन सञ्चालन एवम् व्यवस्थापनमा खटिने भएको हुँदा मतदानका दिन सरकारी कार्यालय, अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानमा सार्वजनिक विदा दिन आयोगले गृह मन्त्रालयलाई पत्र पठाई आग्रह गरेको हो ।

यसैगरी, आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मङसिर ७ देखि १० गतेसम्म र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मङ्सिर १८ देखि २१ गतेसम्म सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पसहरूमा सार्वजनिक विदा दिन समेत सरकारसँग आग्रह गरेको छ ।

निर्वाचनमा अधिकाँश मतदान केन्द्र सामुदायिक तथा संस्थागत विद्यालय तथा क्याम्पसमा रहेका र मतदान कार्यको व्यवस्थापन कार्यका लागि खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू मतदान हुने दिनभन्दा तीन दिन अगाडि नै मतदान केन्द्रमा पुग्ने भएकाले विद्यालय तथा क्यापसहरूमा दुबै चरणको निर्वाचनमा ४/४ दिन विदा दिन आयोगले सरकारसँग आग्रह गरेको हो ।

निर्वाचन केन्द्रहरू सामुदायिक एवं संस्थागत विद्यालय र क्याम्पस भवन तथा परिसर, स्थानीय तहका कार्यालय भवन, वडा कार्यालय, स्वास्थ्य चौकी, कृषि सेवा केन्द्र र पशुसेवा केन्द लगायतका सार्वजनिक भवन तथा परिसरहरूमा रहेका हुँदा पहिलो चरणमा निर्वाचन हुने जिल्लामा मङ्सिर ७ देखि १० गतेसम्म र दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा मङसिर १८ देखि २१ गतेसम्म ती भवन तथा कार्यालयहरु निर्वाचन प्रयोजनका लागि उपलब्ध गराउन आयोगले सरकारसँग आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web