उम्मेद्धारमाथि आक्रमणले निर्वाचन आयोग स्तब्ध

मंसिर १, २०७४ मा प्रकाशित | 3975 views

काठमाडौं ।

निर्वाचन आयोगले देशका केही स्थानमा उम्मेदवार लक्षित हिंसात्मक घटनाहरु भएकोमा  दुःख व्यक्त गरेको छ ।

मतदाता, राजनीतिक दल र उम्मेदवारहरूको व्यापक सहभागितामा देशभर व्यवस्थित रुपमा निर्वाचनको अभियान सञ्चालन भइरहेको अवस्थामा मतदाता, उम्मेदवारहरुलाई हतोत्साहित गर्ने तथा निर्वाचनका गतिविधिमा नकारात्मक असर पर्ने खाले गतिविधि नगर्न, नगराउन सम्बद्ध सरोकारवासग आयोगले आग्रह गरेको छ ।

जनताको शान्ति र समृद्धिको चाहनालाई सम्मान गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रको माध्यमबाटै शान्तिपूर्ण रूपमा आफ्ना गतिविधिहरुलाई अगाडि बढाउन सकिने व्यवस्था रहँदा रहँदै जनचाहनाविपरीतका हिंसात्मक घटना गराउनु दुखपूर्ण रहेको आयोगले जनाएको छ ।

निर्वाचनका लागि नेपाल सरकारले बनाएको निर्वाचन सुरक्षा योजनाप्रति विश्वस्त रहेको जनाउदै आयोगले हालैका दिनमा देशका विभिन्न ठाउँमा भएका घटनाक्रमबाट उम्मेदवारहरूले शान्तिपूर्णरूपमा प्रचारप्रसार गर्न पाउने अधिकार र मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउने नैसर्गिक अधिकारमा बाधा व्यवधानले स्तब्ध तुल्याएको जनाएको छ ।

बेलैमा थप सुरक्षा सर्तकता अपनाउन  सरकारसग आग्रह गर्दै आयोगले यस्ता गतिविधिबाट हतोत्साही नभई आफ्ना नियमित निर्वाचनसम्बन्धी क्रियाकलापमा संलग्न रहन सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, मतदाता एवम् निर्वाचनका सरोकारवालासँग अनुरोध गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा तथा संस्थागत गर्न देश अहिले लोकतान्त्रिक निर्वाचन अभियानमा अग्रसर रहेको आयोगले विज्ञप्ति मार्फत उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web