मकवानपुरमा खुँडाले हानेर तीनजनाको हत्या, बाबु छोरा र एक बृद्धको निधन

कार्तिक २९, २०७४ मा प्रकाशित | 1068 views

मकवानपुर ।

पश्चिम मकवानपुरको मनहरीमा खुँडा प्रहारबाट तीनजनाको ज्यान गएको छ ।

अन्धाधुन्द खुँडा प्रहार हुँदा मनहरी ७ का स्थानीय ५२ वर्षका सीताराम धिताल, उनका छोरा १६ वर्षका सुमन धिताल तथा ६५ वर्षका जीत बहादुर ब्लोनको ज्यान गएको हो ।

घरबाट निस्केर सुमन बराइलीले एक्कासी खुँडा प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी विकासराज खनालले जानकारी दिनुभयो ।

हत्या गर्ने सुमन बराईलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बिषयमा थप अनुसंधान भइरहेको उहाँले जानकारी दिनुभयो ।

हत्याको कारण भने खुल्न नसकेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web