भारतलाई समुहचरणबाटै आउट गर्दै नेपाल पहिलो पटक यु-१९ एसियाकपको सेमिफाइनलमा

कार्तिक २८, २०७४ मा प्रकाशित | 12006 views

क्वालालम्पुर ।

भारतलाई १९ रनले पराजित गर्दै इतिहाँस रहेको नेपाली क्रिकेट टोलीले आज मलेसियालाई ८ विकेटले हराउँदै पहिलो पटक यू १९ एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले हराउँदा बंगलादेशले भारतलाई पराजित गरेपछि सेमिफाइनल समीकरण पूरा भएको छ ।

समूह ए बाट नेपाल र बंगलादेश साथै समूह ‘बी’ बाट अफगानिस्तान र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् । समूह ‘ए’ को उपविजेता नेपालले समूह ‘बी’ को विजेता अफगानिस्तानसँग आउँदो शुक्रबार सामना गर्नेछ ।

बंगलादेशसँग ८ विकेटको लजास्पद हार व्यहोरेको भारत समूह चरणबाटै बाहिरिएको छ ।

यसअघि नेपालले आइतबार भारतलाई १९ रनले हराएको थियो ।

वर्षाले प्रभावित भएर ३२ ओभरमा झारिएको खेलमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको भारतले ३२ ओभरमा ८ विकेट जाँदा १ सय ८७ रन बनाएको थियो । बंगलादेशको जितमा पिनाक घोसले ७७ बलमा ८१ रन, मोहम्मद ताउहिद हिदयोले ३२ बलमा ४८ रन साथै नइम शेखले ४४ बलमा ३८, मोहम्मद सइफ हसनले १६ बलमा १६ रन बनाए ।

मलेसियासँगको जितमा सन्दिप लामिछानेको भूमिका निकै ठूलो रह्यो । उनले खेलमा ४ ओभर ३ बलमा ८ रन खर्चेर ५ विकेट लिए । उनि म्यान अफदि म्याच समेत भए ।

वर्षाले प्रभावित भएर २४ ओभरमा झारिएको खेलमा मलेसिया १५ ओभर ३ बलमा  अलआउट भयो । जसमा ४ ओभर ३ बल गरेका सन्दिप लामिछानेले मात्र ८ रन खर्चेर ५ विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरी र शाहब आलमले समान दुई दुई विकेट लिए ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको मलेसियाले १५ ओभर ३ बलमा सबै विकेट गुमाएर ४५ रन बनाएको हो ।

४६ रनको लक्ष्य पछ्याएको नेपालले पाँच ओभर तीन बलमा लक्ष्य पूरा गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web