पूर्व मन्त्री तथा एमाले उम्मेद्धार शेरधन राईलाई लक्षित गरी बम प्रहार, अंगरक्षक घाइते

कार्तिक २८, २०७४ मा प्रकाशित | 928 views

भोजपुरमा ।

भोजपुर क्षेत्र न २ का  प्रदेशसभाका उम्मेद्वार एवम् नेकपा एमालेका नेता शेरधन राईलाई लक्षित गरी बम आक्रमण भएको छ ।

आक्रमणबाट राईका अंगरक्षक घाइते भएका छन् ।

टेम्केमैयुम गाउपालीका ८ स्थीत गोगनेको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा टेम्केमैयु गाउपालीका ६ कोट र भोजपुरको सिमानामा रहेको पिखुवा खोला नजिकै गुम्बा मास्तिर उम्मेद्वार राइ सहित नेता कार्यकर्ता चढेको गाडीमा बम प्रहार गरिएको छ ।

बम विस्फोट हुँदा राईका अंगरक्षक प्रहरी सहायक निरीक्षक (असई) डिल्ली देवकोटाको हातमा चोट लागेको छ ।

उम्मेद्वारसहित अन्य सकुशल रहेको रहेको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ  ।

पूर्वसूचना तथा सञ्चारमन्त्री समेत रहेका राईलाई बम कसले हान्यो भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालयले बम प्रहारको पुष्टि गरेको छ ।

थप अनुसन्धान गर्न र आक्रमणकारीको खोजी गर्न टोली पठाइएको प्रमुख जिल्ला अधिकारी चतेराव वरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web