भारतलाई पराजित गरेको नेपाली युवा क्रिकेट टोली मलेसियासँग भिड्दै

कार्तिक २७, २०७४ मा प्रकाशित | 2030 views

काठमाडौं ।

भारतलाई ऐतिहाँसिक रुपमा पराजित गर्दै किर्तिमानी जित निकालेको नेपाली युवा क्रिकेट टोली उच्च मनोबलका साथ मलेसियासँग उसकै घरेलु मैदानमा सामना गर्दैछ ।

नेपालले मलेसियामा जारी आई सी सी अण्डर १९ यूथ यशिया कप क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो तथा लिगको तेस्रो खेलमा मलेसियासँग खेल्न लागेको हो ।

आईतबार भएको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गर्दै एतिहासिक सफलता प्राप्त गरेको थियो । पहिलो खेलमा भने नेपाल बंगलादेशसँग पराजित भएको थियो ।

समूह ए को मंगलबार भएको खेलमा बंगलादेशले आयोजक मलेसियालाई २ सय ६२ रनले पराजित गर्दै ४ अङ्गसहित समूहको श्रीर्ष स्थानमा उक्लिएको छ ।

नेट रन रेटका आधारमा २ अङ्कसहित भारत दोस्रो स्थनमा रहेको छ भने समान २ अङ्क रहेको नेपाल तेस्रो स्थानमा रहेको छ । मलेसियाले अहिले सम्म कुनै अङ्क जोड्न सकेको छैन ।

उता, समूह बी को मंगलबार नै भएको खेलमा पाकिस्तानले श्रीलङ्कालाई ३ विकेटले पराजित गरेको छ ।

समूह बी मा पाकिस्तान ४ अङ्कसहित पहिलो स्थनमा छ भने नेट रन रेटका आधारमा समान ४ अङ्क रहेको श्रीलङ्का दोस्रो स्थानमा रहेको छ ।

अफ्गानिस्तान २ अङ्कसहित तेस्रो स्थानमा रहेको छ भने चौथो स्थानमा रहेको संयुक्त अरब ईमिरेट्स् यु ए ई ले अहिले सम्म कुनै अङ्क प्राप्त गर्न सकेको छैन ।

समूहको विजेता र उपविजेता समिफाईनलमा प्रवेश गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web