काठमाडौं ।

पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको शनिबार एकानब्बे बर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ ।

शनिबार बिहान साढे १० बजे काठमाडौंको ज्ञानेश्वरस्थित आफ्नै निवासमा क्यान्सर रोगबाट पिडित बिष्टको निधन भएको हो ।

राजनीतिज्ञको रुपमा समेत परिचित पूर्वप्रधानमन्त्री बिष्ट करिब एक वर्षदेखि घरमै आराम गरिरहेका थिए ।

बिष्ट तीनपटक प्रधानमन्त्री र एकपटक राजाको शासनकालमा मन्त्रिपरिषद्को उपाध्यक्ष भएका थिए ।

काठमाडौंको ठमेलमा जन्मेका विष्ट पिता चन्द्रनिधि र माता धनकुमारीको कोखबाट १५ जनवरी १९२७ मा भएको थियो ।

सन् १९५८ मा परामर्शदात्री सभाको सदस्य हुनुभएका विष्ट सन् १९६१ मा सहायक मन्त्री, मन्त्री, मन्त्रिपरिषद्का उपाध्यक्ष, उपप्रधानमन्त्री हुँदै सन् १९६९, १९७१, १९७२ र १९७७ गरी चारपटक प्रधानमन्त्री भएको थिए ।

विसं २०६१ मा माघ १९ गते ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन सञ्चालन गरेपछि उनलाई विसं २०६१ फागुनमा उपाध्यक्षमा नियुक्त गरेका थिए ।

विसं २०३० मा सिंहदरबार आगलागी हुँदा नैतिकताको कारण राजीनामा दिई नेपालको इतिहासमा चर्चित हुनुएका उपाध्यक्ष विष्टले नै चुनावमा भाग लिँदा आफ्नो पदबाट राजीनामा दिने चलनको शुरुवात गरेका थिए ।

१९ माघ ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि उनी मन्त्रिपरिषद्का उपाध्यक्ष बन्न पुगेका थिए ।

प्रधानमन्त्रीका रुपमा बालुवाटारस्थित सरकारी निवास प्रयोग गर्ने उनी पहिलो नेता थिए ।

विसं २००७ मा प्रजातन्त्र पुनःस्थापनापछि गठित राष्ट्रिय जनता परिषद्को उपसभापति र सभापति पनि रहेका साथै सोही पार्टीबाट उनी विसं २०१५ फागुन गते भएको काठमाडौं–३ मा प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका थिए ।

उनले तत्कालीन वाग्मती पुनःरुत्थान कोष, वीरेन्द्र गद्दी आरोहण नागरिक मूल समारोह समिति, त्रिभुवन स्मारक समिति र राष्ट्रिय सम्मान समितिका अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।

सन् १९९६ मा प्रतिनिधिसभाले महाकाली सन्धि अनुमोदन गर्दा विरोध प्रदर्शन गरेबापत उनी पक्राउ परेका थिए ।

विष्टको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । आफूलाई राजकीय सम्मान नदिनु भन्ने उनको इच्छाअनुसार नै सामान्य ढंगबाटै अन्त्येष्टी गरिएको पारिवारिक सदस्यहरुले बताएका छन् ।

15.97¡ÆC