मूलपानी क्रिकेट रंगशालाको भोलि उद्घाटन हुने

कार्तिक २४, २०७४ मा प्रकाशित | 5480 views

काठमाडौं । बहुप्रतीक्षित मूलपानी क्रिकेट रंगशालाको माथिल्लो मैदान खेल्न योग्य भएको छ । मैदानको आगामी शनिबार औपचारिक उद्घाटन हुँदैछ ।

बिहीबारदेखि बन्द प्रशिक्षण सुरु गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मूलपानी क्रिकेट मैदानको अवलोकन गरी केहीबेर अभ्यास समेत गरेको छ ।

नेपाल क्रिकेट संघ क्यानका कार्य सञ्चालन अधिकृत छुम्बी लामाका अनुसार शनिबार राष्ट्रिय क्रिकेट खेलाडी र पूर्व राष्ट्रिय खेलाडीहरुको टीमबीच खेल खेलाएर मैदानको औपचारिक उद्घाटन गरिनेछ भने मैदान खेल्न योग्य छ भन्ने सन्देश पनि प्रवाह गरिनेछ ।

करीब १२ वर्ष अघिदेखि निर्माण सुरु भएको  रंगशालाको मैदान निर्माण अभियानले अघिल्लो वर्षको चैतदेखि गति लिएको थियो । क्रिकेट खेलाडीहरुको सक्रियतामा राष्ट्रिय खेलकुद परिषदले बजेट उपलब्ध गराएपछि मैदानको फिनिसिङ कार्य सम्भव भएको हो ।

पाकिस्तानी क्यूरेटरले पीच बनाएको भएपनि मैदान सम्याउनेदेखि दूवो रोप्ने, बाउण्ड्री निर्धारण गर्ने लगायतका अन्तिम चरणका कामहरु पछिल्लो १० महिनाको अवधिमा सम्पन्न भएका हुन् । रंगशालामा भिआइपी कक्ष र पेविलियन र चेञ्जिङ रुमसहितको भवन यसअघि नै तयारी अवस्थामा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web