काठमाडौं ।

उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट मेलेसियामा सुरु भएको छ । नेपालले शनिबार आफ्नो पहिलो खेलमा बंगलादेशसँग खेल्दैछ ।

प्रतियोगिताका लागि मलेसिया जानुअघि बंगलादेशमा अभ्यास खेल खेलेको नेपाली टोली उच्च मनोबलसहित मैदान उत्रिँदैछ ।

नेपाली टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले बंगलादेशको तयारीले आफूहरुमा आत्मविश्वास बढेको बताएका छन् । पछिल्लोपटक भन्दा यसपटक एसिया कपमा प्रदर्शन राम्रो गर्ने लक्ष्य रहेको ऐरीले बताएका छन् ।

८ टोली सहभागी प्रतियोगितामा ५ टेष्ट मान्यता प्राप्त राष्ट्रसँगै आयोजक मलेसिया र २ क्षेत्रीय विजेता प्रतिस्पर्धी छन् । नेपाल पूर्व क्षेत्रको विजेता हो । नेपाल रहेको समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन भारत, बंगलादेश र मलेसिया छन् ।

18.12¡ÆC