काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ जारी गर्नुभएको छ ।

मन्त्रिपरिषद्बाट यही कात्तिक ६ गते सिफारिश भएको उक्त अध्यादेश राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम आज जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रा. डा. गोविन्द केसीले अध्यादेशमार्पmत चिकित्सा ऐन ल्याएकामा धन्यवाद व्यक्त गर्दै छिटो प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पहल गर्न आग्रह गर्नुभएको थियो ।

27.12¡ÆC