काठमाडौं । ए सी सी अण्डर १९ एशिया कप क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाली टोली मंगलबार मलेसिया प्रस्थान गरेको छ ।
१५ सदस्यीय अण्डर १९ टोलीको कप्तानी दिपेन्द्र सिंह ऐरीले गरेका छन् । यसैगरी, नेपालका मूख्य प्रशिक्षक विनोद दास रहेका छन् ।
ए सी सी अण्डर १९ एशिया कपमा नेपाल रहेको समूह ए मा आयोजक मलेसिया, बंगलादेश र भारत रहेका छन् ।
यसैगरी, समूह बी मा श्रीलङ्का, पाकिस्तान, अफ्गानिस्तान र पश्चिम क्षेत्रको विजेताले प्रतिस्पर्धा गर्ने छन् ।
नेपालको पहिलो खेल नोभेम्बर ११ तारिखमा बंगलादेशसँग, नेभेम्बर १२ मा भारतसँग र नोभेम्बर १४ मा आयोजक मलेसियासँग हुनेछ ।
ए सी सी अण्डर १९ एशिया कपको तयारीमा बंगलादेशमा रहेको नेपाली टोली सोमबार मात्रै काठमाडौँ फर्किएको थियो ।
20.12¡ÆC